
सन्तोष शर्मा
भद्रपुर, १२ बैशाख । झापामा असिनासहितको वर्षाले कृषिबालीमा साढे छ कराड बढीको क्षति भएको छ ।
गत चैत १७ गते आएको असिनासहितको वर्षाले पाँच वटा पालिकाको एक हजार नौ हेक्टरमा लगाएको कृषिबाली (मकै र तरकारी) मा रू छ करोड ५१ लाख ९० हजार ६१५ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
असिनासहितको वर्षाले झापाको कनकाई र बिर्तामोडमा सबैभन्दा बढी क्षति पु¥याएको थियो । कनकाई नगरपालिकाका सात वटा वडामा एक हजार नौ सय दुई जना कृषकले सात सय ३९ हेक्टरमा लगाएको मकै र तरकारी गरी रू चार करोड ४६ लाख ६३ हजार ५६ रुपैयाँ क्षति भएको छ ।
त्यस्तै, बिर्तामोड नगरपालिकाको चार वटा वडामा छ सय ७९ जना कृषकले दुई सय ९४ हेक्टरमा लगाएको मकै र तरकारी गरी रू एक करोड ५४ लाख ८८ हजार आठ सय ४४ रुपैयाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
त्यस्तै, हल्दिबारी गाउँपालिकाको एक वटा वडाका ४० जना कृषकको १५ हेक्टर, भद्रपुर नगरपालिकाको एक वटा वडाका २ जना कृषकको १२ हेक्टर र शिवसताक्षी नगरपालिकाकाको दुई वटा वडामा ९४ जना कृषकले ५० हेक्टरमा लगाएको मकै तथा तरकारी बालीमा क्षति पु¥याएको कार्यालयले जनाएको छ ।
उत्पादन लागतको आधारमा मकैको प्रतिकठ्ठा रू दुई हजार १३ र तरकारीको रू पाँच हजार एक सय ३० निर्धारण गरी क्षति विवरण संकलन गरी राहतका लागि सिफारिस गरेर पठाइएको कार्यालय प्रमुख विष्टले जानकारी दिनुभयो । “कृषकले उत्पादन गरेको आधारलाई हेर्ने हो भने धेरै क्षति भएको छ”, उहाँले भन्नुभयो, “तर, कृषकले उत्पादन गरेको आधारमा हामीले क्षति विवरण निकालेर रातका लागि पठाएका छौं ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



