
चन्द्र बस्नेत
कनकाई, १२ बैशाख । झापाको कनकाई नगरपालिकामा विषादिमुक्त सप्ताहको चलिरहेको छ । कनकाई नगरमा कृषकहरुले कसरी बढीभन्दा बढी विषादिरहित अन्नबाली उत्पादन गर्ने भन्ने उध्येश्यका साथ कनकाई नगरलाई कृषि बालीमा विषादिमुक्त बनाउन सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो ।
कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कनकाई नगरलाई कृषि बालीमा विषादि मुक्त गर्नका लागि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले बताउनुभयो । पछिल्लो समय हरेक बालीमा विषादिको प्रयोग बढ्दै गएको भन्दै नगरमै यसलाई विषादिमुक्त बनाउन शब्ता अभियान सन्चालन गरिएको कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिनुभयो ।
भोलि बुधबार कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा जेसीस हलमा आयोजना हुने कार्यक्रममा कृषकहरुले उत्पादन गरेका विभिन्न तरकारी बालीमा कसरी विषादिरहित बनाउने बारेमा कृषि क्याम्पस गौरादहका विद्यार्थीहरुबाट सचेतनामुलक र्याली तथा नाटक, रासायनिक विषादि न्यूनीकरणमा विद्यार्थीको भुमिका विषयक वक्तित्वकलाकला कार्यक्रम समेत रहने कारितास नेपालका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाभरिका २ सय बढी कृषकको सहभागिता रहने जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



