
शिवसताक्षी, १८ जेठ । झापाको शिवसताक्षी नगरपालिकाले १ हजार ७२ पशु चौपायाहरुको उपचार गरेको छ । शिवसताक्षी नगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित एक दिवशीय निःशुल्क पशु स्वास्थ्य शिविरमा उक्त चौपायाहरुको उपचार गरिएको हो ।
शिवसताक्षी न.पा. ०३ पाराबारी बजारमा सञ्चालन भएको शिविरमा २७५ गाई, १०१ भैसी, ४३६ बाख्रा, ८५ ओटा बंगुर, ९५ कुकुर,र ८० ओटा अन्य पक्षीको उपचार गरेको पशु शाखाले जनाएको छ । शिविरमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले पशुधनी वडाबासीहरुलाई नगरपालिकाले आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरेको बताए । पशुलाई टाडा लगेर उपचार गर्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै यो सेवा दिइएको हो । उनले भने, पशु धनी वडाबासीहरुले सेवाको भरपुर सदुपयोग गर्न समेत उनले सुझाए ।

शिविरमा पशुहरुको स्वास्थ्य परीक्षण, पशु बन्ध्याकरण सेवा, गाई भैसीलाई कृति गर्भधान, पशु खोप सेवा, पशुहरुको गर्भ परीक्षण, प्रयोगशाला सेवा, पशुहरुका लागि निशुल्क औषधी वितरण गरिएको पशु सेवा शाखा प्रमुख राम अवतार यादवले जानकारी दिए ।
शिविरमा वडा नं. ३ का पशुधनीहरुले उल्लेख्यमा मात्रा सेवा लिएको पशु सेवा शाखाकी प्राविधिक रीता घिमिरेले बताइन् । विहान ९ बजेदेखि सञ्चालन भएको शिविर बेलुकी ४ बजेसम्म रहेको थियो । शिविरमा पशु चिकित्सक कल्लेश्वर भाट, जिल्ला पशु केन्द्रका चिकित्सक गणेश भट्टराई लगायत १५ जना प्राविधिकहरुको टोलीले सहजीकरण गरेको थियो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



