
झापा, ३२ जेठ । झापाको कमल गाउँपालिका–७ स्थित सरस्वती माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययनरत् विद्यार्थीले फलफूल तथा तरकारीका विरुवा उत्पादन गर्दै स्थानीयलाई बितरण गर्ने गरेको पाइएको छ ।
बाली विज्ञान शंकायतर्फ अध्ययनरत् बिद्यार्थीले प्रयोगात्मक शिक्षण विधिमा केन्द्रीत रहेर उत्पादन गरेका विरुवा कमल गाउँपालिकावासीलाई बितरण गर्ने गरिएको बिद्यालयका प्रधानाध्यापक रुकमान लावतीले बताए । तत्कालीन प्रदेश नम्वर १ (हाल कोशी प्रदेश) सरकारको १० लाख रुपैयाँ आर्थिक सहयोग र विद्यालयको एक लाख ५० हजार गरी ११ लाख ५० हजार रुपैयाँको लागतमा विद्यालय परिसरमा हाइटेक नर्सरी तयार पारिएको छ । यहाँ अध्ययनरत् बिद्यार्थीले प्रयोगात्मक शिक्षण विधिमा सहभागिता जनाउँदै लगभग ४० हजार भन्दा बढी बिरुवा उत्पादन गरेर गाउँपालिकावासीलाई वितरण गरेका हुन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



