
झापा, १० असार । झापामा ९ प्रतिशत रोपाई भएको छ ।असारको पहिलो सातासम्म (असारको ८ गतेसम्म ) ७ हजार ८७५ हेक्टर क्षेत्रफलमा रोपाई भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
झापामा असार २ गतेबाट रोपाई शुरु भएको हो । कमल , गौरादह, कन्काई पालिकाका किसानहरुले छिट्टै रोपाई शुरु गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । उनले बाह्रदशी , कचनकवल पालिकामा ढिलोगरी रोपाई शुरु हुने गरेको जानकारी दिए ।किसानहरुले छिट्टै पाक्ने रंजित, सर्णा , बीबी ११ जस्ता धान रोपेका छन् । झापाका किसानहरुले मूल्यको ग्यारेन्टी भएको रामदाम धान पहिलो पटक लगाएको कार्यालय प्रमुख विष्टले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



