बिर्तामोड, १५ पुस । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको ५ औं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । इक्यान झापाका अध्यक्ष मिलन ओलीको अध्यक्षतामा आज वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि इक्यानका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले ५ औं वार्षिक साधारणसभा उद्घाटन गरेका थिए । स्वागत इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेलले गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार कार्कीले गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेललाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा इक्यान केन्द्रिय उपाध्यक्ष लक्ष्मण पौडेल, तृतीय उपाध्यक्ष गीता शर्मा, महासचिव दीपकराज भूसाल, बिर्तामोड उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, नेल्टा झापाका निवर्तमान अध्यक्ष धमेन्द्र भट्टराई, नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीलगायतको आतिथ्य रहेको थियो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले अध्यक्षमा रोशन सुवेदी, निवर्तमान अध्यक्षमा मिलन ओली, उपाध्यक्षमा राजकुमार कार्की, सचिवमा अशोक भण्डारी र कोषाध्यक्षमा चुणामणि प्रसाई (अग्नि) चयन भएका छन् । त्यस्तै, सदस्यमा चिरन न्यौपाने, प्रकाश पराजुली, बिशाल सिटौला र तुलसी पाठक चयन भएका असोक भण्डारीले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।