झापा, १८ पुस । झापाको बुद्धशान्तिमा हात्तीले उपद्रो मच्चाएको छ । पुस १७ गते मध्यरातमा आएको हात्तीले कच्ची घरको टाटी बेरा भत्काउनुका साथै धान र तरकारी बाली खाएर नष्ट गरेको छ ।
बुद्धशान्ति गाउँपालिका–५ आयाबारीस्थित थारु गाउँमा जंगली हात्तीले चार जनाको धान र तरकारीबाली नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय लुदा दनुवारको करिब १० मन धान, घरको टाटीबेरा भत्काउँदा ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, दिप नारायण दनुवारको करिब १० मन धान, घरको टाटीबेरा भत्काउँदा ३० हजार, महेन्द्र दनुवारको १० मन धान, घरको टाटीबेरा भत्काउँदा ३० हजार र नागिनप्रसाद चौधरीको २ कठ्ठा जग्गामा लगाएको आलु ८ मन, बैगुन फल्दै गरेको, टमाटर करिब १०० केजी, कोबी ४०–५० केजी, केरा झ्याङ्ग गरी करिब ५० हजार रुपैयाँको क्षति भएको छ । अन्य मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।