चन्द्र बस्नेत
कनकाई, २१ फागुन । पछिल्लो समय नेपालमा लागु औषधको प्रयोग, साइबर अपराधका घटना दिनानुदिन बढ्दै गएको छ। यसको नियन्त्रणमा विभिन्न कार्यक्रम पनि हुने गरेका छ्न् ।
झापाको कनकाईकामा पनि विद्यालय तथा समुदायस्तरमा लागुऔषध दुर्व्यसन, साइबर क्राइम, ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रमलाई तिव्रता दिएको छ । विभिन्न संघ–संस्था, स्थानीय तह विद्यालयले यस्तो कार्यक्रमलाई प्राथमिकतामा राखेर विद्यालय तथा समुदायस्तरमा लागुऔषध दुर्व्यसन, साइबर क्राइम, ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम निरन्तर अगाडि बढाइरहेका हुन् ।

पछिल्लो समय नेपालमा लागु औषधको प्रयोग, साइबर अपराधका घटना बढ्दै समाजलाई गलत बाटोतिर धकेल्ने गरेको भन्दै यसको न्यूनीकरणका लागि आफूहरु लागि परेको इलाका प्रहरी कार्यलय सुरुङ्गाका बरिस्ठ प्रहरी नायब निरीक्षक एवम् प्रशिक्षक प्रविणकुमार भट्टराईले बताउनुभयो ।
नगरपालिका, वडा कार्यलय, विभिन्न संघ–संस्थाको सहकार्य र सहयोगमा कनकाईका एक दर्जन बढी निजी तथा सामुदायिक विद्यालयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिसकेको उहाँले बताउनुभयो ।
केही महिना अघि सुरुङ्गा जेसीजले लागुऔषध दुर्व्यसन, साइबर क्राइम, ट्राफिक नियम सम्बन्धी जनचेतना अगाडि बढाउन अक्षयकोष स्थापनार्थ महायज्ञ नै आयोजना गरिएको थियो । त्यस्तै, लाइन्स क्लब अफ कनकाई सुरुङ्गाले नगरका निजी तथा सामुदायिक विद्यालयमा सप्ताह व्यापी विद्यार्थी लक्षित समुदाय स्तरमा लागुऔषध दुर्व्यसन, साइबर क्राइम, ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो ।
लाइन्स क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा सरस्वती मावी जामुनबारी, भृकुटी मावि दुर्गापुर, कनकाई मावि सुरुङ्गा, चम्फापुर मावि चम्फापुर, भगवती प्रावि तुलसीबारी, हरिकुल नमूना माध्यमिक विद्यालय सुरुङ्गा, सिंह देवी प्रावि र बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालय, नवयुग शिक्षा निकेतन विद्यालयमा प्रनाउ भट्टराईले सहजीकरण गर्दै विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
जामुनखाडी स्पोर्टिङ क्लबको आयोजनामा जामुनबारी सामुदायिक वनको सभाहलमा त्यस्तै अन्य विद्यालयमा झापा मेरिगोल्ड, बेनुबाजा, जनचेतना, जानकी लगायतका विद्यालयमा पनि यस्तै कार्यक्रम भइसकेको छ ।

कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले समाज रुपान्तरणको मुख्य भूमिकामा रहेका युवावर्ग लागूपदार्थ दुर्व्यसनको सिकार बनिरहेको बेला यसको न्युनिकरण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत समाज तथा विद्यालयस्तरबाट यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको भन्दै कनकाई मात्र नभई झापाका अन्य पालिकामा पनि यस्तो कार्यक्रम गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले यस्ता कार्यक्रमलाई निरन्तर अगाडि बढाई युवा वर्ग लागू पदार्थ दुर्व्यसनको शिकार बनिरहेको बेला यसको न्यूनीकरण गर्न नगरपालिका लागि पर्ने बताउनुभयो । नगरप्रमुख पोखरेलले अधिकांश कार्यक्रममा सहभागीले भोलिका दिनमा देश र समाजको नेतृत्व गर्ने जनशक्ति आजका युवा वर्ग तथा विद्यार्थी नै भएकाले यस प्रशिक्षणबाट पाएको ज्ञानलाई व्यवहारमा उतारेर नेतृत्वदायी भूमिकामा सफल नागरिक आग्रह समेत गर्नुभएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

