बिर्तामोड, २ वैशाख । झापाको बिर्तामोडमा एकजना महिला मृत अवस्थामा फेला परेकी छिन् ।
मेचिनगर नगरपालिका वडा नम्बर १ घर भइ बिर्तामोड नगरपालिका बिर्तामोड बजार एरियामा दिन भरि कबाडिका सामान बटुली बिर्तामोड नगरपालिका वडा नम्बर १ अदुवा पुल स्थित रहेको राष्ट्रिय बाणिज्य बैकको पुरानो भवनमा बस्दै आएको देवराज राजवंशिको श्रीमती बर्ष अन्दाजी ३५ की सुनिता मडि मृत अबस्थामा फेला परेकी हुन् ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायब उपरिक्षक प्रकाश विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि पठाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।