बिर्तामोड, ७ बैशाख । जामुनवारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनवारी सिमसार पर्यटकीय क्षेत्रको अध्यक्षमा पर्शुराम गिरी निर्वाचित भएका छन् ।
स्वतन्त्र उम्मेदवार रहेका गिरीले ४३१ मत प्राप्त गरेर विजयी भएका हुन् । बैशाख ६ गते भएको निर्वाचनमा उनका प्रतिद्वन्द्वी कांग्रेसका बुद्धिमान बोहोरा १४२ र एमालेका सीता अधिकारीले १९२ मत प्राप्त गरेका थिए ।
त्यस्तै, स्वतन्त्रबाट उम्मेदवार बनेका दिपक ओली पनि सचिव पदमा २९८ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका यसकुमार अधिकारीले २२१ म्त र एमालेका दिपक बोहोराले २१५ मत प्राप्त गरे ।
उपाध्यक्षमा भने एमालेका रेनुका खवास विजयी भएकी छन् । स्वतन्त्रका चन्द्रा बुढाथोकीले २२७ मत प्राप्त गर्दा कांग्रेसका तारा कोइरालाले २२१ मत प्राप्त गरेका थिए ।
कनकाई स्वतन्त्र गणतान्त्रिक समूहका संरक्षक शेरबहादुर थापाले काम गर्न सक्ने अब्बल उम्मेदवार भएकाले स्वतन्त्रको विजयी भएको बताएका छन् । उनले अब अध्यक्ष र सचिवको जीतसँगै सामुदायिक वनको विकास र समृद्धिका लागि बाटो खुलेको संयोजक थापाले प्रतिक्रिया दिएका छन् ।