झापा, ८ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)–मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्समाथि सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा लखनउ ८ विकेटले विजयी बनेको हो । कप्तान केएल राहुल र क्वीनटन डी कको शतकीय साझेदारीको गरेका थिए ।
चेन्नईले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । लखनउका लागि कप्तान केएल राहुलले सर्वाधिक ८२ रन बनाए । उनलाई अर्का ओपनर क्वीनटन डी ककले ५४ रन बनाउँदै राम्रो साथ दिए । दुवै मिलेर पहिलो विकेटका लागि १ सय ३४ रनको साझेदारी गरेका थिए । जितपछि लखनउ ७ खेलबाट ८ अङ्क बटुल्दै अङ्क तालिकाको पाँचौँ स्थानमा छ । समान अङ्क रहेको चेन्नई नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।
Facebook Comments Box