बिर्तामोड, २५ जेठ । बिर्तामोड नगरपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ ।
महालेखा परीक्षकको कार्यालयले जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९–८० को बेरुजु ४.५४ प्रतिशत छ । यो आर्थिक वर्ष ०७८–७९ को प्रतिवेदन अनुसार ७.५८ प्रतिशतले कमी हो । उक्त आर्थिक वर्षमा बिर्तामोडको वेरुजु १२.१२ प्रतिशत उल्लेख थियो ।
२४ करोड ६० लाख १६ हजार रहेको अघिल्लो आर्थिक वर्षको वेरुजु रकम घटेर १२ करोड ९५ लाख ४१ हजार रुपैयाँमा आएको नगरका लेखा अधिकृत तेजिन्द्र तामाङले जानकारी दिनुभयो । बिर्तामोडमा सैदान्तिक बेरुजु, नियमित गर्नु पर्ने बेरुजु, प्रमाण पेश गर्नु पर्ने बेरुजु, असुलउपर गर्नु पर्ने र पेश्की बेरुजु लगायतका बेरुजु देखिएका छन् ।
अघिल्ला वर्षहरुमा भन्दा बेरुजु रकम घटाउँदै लगिएको र यसलाई शुन्यमा झार्ने रणनीतिका साथ काम भईरहेको नगरपालिकाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।