झापा, २९ जेठ । झापाको अर्जुनधाराबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवालाई पक्राउ गरेको छ ।
सोमबार राति अर्जुनधारा नगरपालिका–३ मदनपुर टोलस्थित अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा सोही स्थानका ३७ वर्षीय दिलबहादुर विश्वकर्मालाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर जस्ते देखिने प्लास्टिकसहित तौल १ ग्राम ९६० मिलिग्राम रहेको वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
![advt](http://jhapaonline.com/wp-content/uploads/2024/06/Jana-ad-2-copy.jpg)
लागूऔषधसहित दिलबहादुरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।