मेचीनगर, २९ जेठ । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।
सोमबार राति मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलमा प्रहरी टोलीले भारततर्फबाट भाडाको सिटी सफारीमा आउँदै गरेका बिर्तामोड नगरपालिका–५ का ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी रायलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानमा शंकित अवस्थामा फेला पारी सोधपुछ गर्दा लाष्टिकले पोका पारेको लागूऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा २ ग्राम ५३ मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।