
कनकाई, ३० माघ । झापाको कनकाई नगरपालिकाले कृषि औजार वितरणका लागि कृषकसँग निवेदन माग गरेको छ ।
नगरपालिकाले माघ २८ गते एक सूचना जारी गर्दै कृषकसँग निवेदन माग गरेको हो । कृषकले फागुन आगामी ४ गतेसम्म निवेदन दिन सक्नेछन् । प्रदेश सरकारबाट हस्तान्तरित सशर्त अनुदान कार्यक्रम अन्तर्गत मकै खेती प्रबद्र्धन कार्यक्रमका लागि कृषकसँग ५० प्रतिशत लागत सहभागितामा निवेदन माग गरिएको नगरको कृषि शाखाले जनाएको छ । नगरपालिकाले लागत सहभागितामा सिँचाइ मोटर, मकै छोडाउने मेसिन र मकै रोप्ने मेसिन वितरण गर्न लागेको हो ।
निवेदनसहित कृषकले नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, जग्गा धनीपुर्जाको प्रतिलिपी ÷ लिजमा लिएको कागजात ऐलेनी जग्गाको हकमा नगरपालिकाबाट प्राप्त निस्सापत्रको प्रतिलिपी, आव २०८१/८२ सम्म नगरपालिकामा बुझाउने पर्ने मालपोत, भुमिकर, सम्पतिकर तिरेको प्रमाणित बिल बुझाउनुपर्ने छ ।
यस्तो सूचना नगरपालिकाले जारी गरेको सूचना




