
झापा, २७ फागुन । सरकारले यो वर्ष चैते धानको मूल्य निर्धारण गरेको छ । गत वर्षभन्दा यो वर्ष चैते धानको मूल्य करिब एक सय रुपैयाँ बढी तोकिएको छ ।
चालु आर्थिक वर्ष २०८१–०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हो । अर्थात् गत वर्षको तुलनामा प्रतिप्रतिक्विन्टल ९३.४१ रुपैयाँ वृद्धि भएको छ । गत आर्थिक वर्ष ०८०–८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा निर्धारण गरिएको थियो ।
Facebook Comments Box



