
झापा, २२ बैशाख । रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई पराजित गरेको छ।
केलियन एमबाप्पेको दुई गोलले आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३–२ गोल अन्तरले हराएको हो। रियलको जितमा अर्डा गुलरले एक गोल गरेका थिए । जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी कम गरेको छ । ला लिगाको ३४ खेलबाट रियलले ७५ अंकमा अंक तालिकाको दोस्रो स्थानमा छ। समान खेलबाट ७९ अंक भएको बार्सिलोना शीर्ष स्थानमा छ।

गएराति नै भएको खेलमा सेभिल्ला र लेगेनासले २–२ को बराबरी गर्दै अंक बाँडे। रियल बेटीसले स्प्यानोललाई २–१ ले हराउँदा रियल सोसिडाड र एथलेटिको क्लबले गोलरहित बराबरी गर्दै अंक बाँडे।
Facebook Comments Box

