
झापा, ३ जेठ । वीरगन्ज नाकाबाट एक महिनाको अवधिमा २५ हजार टन मल भित्रिएको छ ।
वर्षे धानबालीलाई लक्षित गर्दै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत आयात गरेको १५ हजार टन डीएपी र १० हजार टन युरिया मल वीरगञ्ज नाका हुँदै भित्रिएको हो ।
भारतको कोलकाताबाट मल बोकेर रेल्वे र्याक वीरगन्ज आइपुगेका कृषि सामग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
कूल १५ हजार टन डीएपीमध्ये ६ हजार टन डीएपी मल कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जको गोदाममा भण्डारण समेत भइसकेको छ । बाँकी मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालय पठाइने कृषि सामग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख पाण्डे बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



