मेचीनगर, ९ जेठ । संयुक्त पहिचानवादी मोर्चा मेचीनगर समिति गठन भएको छ । तेजबहादुर कन्दङवाको संयोजकत्वमा २३ सदस्यीय समिति गठन भएको हो ।

मेचीनगरको किरात याक्थुङ चुम्लुङ भवन इटाभट्टामा बिहीबार आयोजित एक कार्यक्रमका बीच मेचीनगर समिति गठन गरिएको संयुक्त पहिचानवादी मोर्चाका झापा संयोजक एलपी पालुङ्वाले जानकारी दिनुभयो । मेचीनगर समितिको सहसंयोजकमा कोपिला लावती, साधु मगर, वेद राजवंशी, प्रकाश लावती, हर्क पंधाक, सन्तोष योङ्या, मानधोज लिम्बु, बमबहादुर योङ्या, सदस्य सचिवमा यामबहादुर साउदेन चयन हुनुभएको छ ।




त्यस्तै, सदस्यमा अमर इजम, आशिष लिम्बु, सफल लिम्बु, भिम किराती, चन्द्रकला लिम्बु, रिता मेचे, संजिला तामाङ, उमा यक्पाङदेन, प्रदिप दनुवार, नन्द कमल लिम्बु, गणेश माया सुहाङ, आइन्द्र सेलिङ र सुम्निमा लावती चयन हुनुभएको छ ।
यस्तै, आरबि पालुङवा, चन्द्र लिम्बू, टीका इधिङ्गो, कृष्ण धुमी राई, मैनराज लिम्बू बोखिम र विरकुमार लिम्बू रहेको सल्लाहकार समिति समेत गठन गरिएको जिल्ला संयोजक पालुङ्वाले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


