झापा, १३ जेठ । संघीय लोकतन्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाविरुद्ध मुलुकमा प्रतिगामी तत्वहरूले चलखेल गरिएको भन्दै संयुक्त पहिचानवादी मोर्चा चुप नलाग्ने जनाएको छ ।
संघीय लोकतन्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाविरुद्ध मुलुकमा प्रतिगामी तत्वहरूले चलखेल गरिरहेकाले त्यसको विरुद्ध खुलेरै लाग्ने मोर्चाका झापा अध्यक्ष एलपी पालुङ्वाले बताउनुभयो ।



जेठ १२ गते बसेको संयुक्त पहिचानवादी मोर्चा झापाको पहिलो सचिवालय बैठकबाटै त्यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै, जिल्ला सचिवालय सदस्यमा मोगेन राईलाई र जिल्ला सल्लाहकारमा प्रेम घिसिङ मनोनयन गरिएको उहाँले बताउनुभयो ।
यस्तै, मोर्चाले संगठन विस्तारमा निरन्तरता दिँदै हल्दिबारी गाउँपालिकामा जेठ २५ गते, भद्रपुर नगरपालिकामा जेठ अन्तिम हप्ता र बिर्तामोडमा असार ५ गते गठन प्रक्रिया पालिकास्तरीय समिति गठन गर्ने जनाइएको छ ।


