
झापा, १७ जेठ । इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले मोबाइल एसएमएसमार्फत् जनाएको छ ।
थप वर्षा हुने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा बाढी आउन सक्ने जनाउँदै आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
Facebook Comments Box


