
सोलुखुम्बु, १७ जेठ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ का ४० वर्षीय प्रेमकुमार कुलुङ राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोहि स्थानका २६ वर्षीय रघु कुलुङ राईलाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ १४ गते सामान्य वादविवादको क्रममा रघु कुलुङ राईले प्रेम कुमार कुलुङ राईलाई बाँसको भाटा र लाठ्ठीले शरिरको बिभिन्न भागमा कुटपिट गर्दा घाईते भएका उनको महाकुलुङ आधारभुत अस्पताल बुङमामा उपचारको क्रममा जेठ १६ गते मृत्यु भएको थियो ।
घटनामा संलग्न रघु कुलुङ राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।
Facebook Comments Box


