
झापा, २२ जेठ । नेपालले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ। नेदरल्यान्ड्सलाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो ।
बुधबार राति सकिएको शृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शानदार जित निकालेको हो । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो।

सन् २०२४ को फेब्रुअरीमा घरेलु मैदानमा भएको त्रिकोणात्मक शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई १ खेलमा पराजित गर्दा १ खेलमा हार भोगेको थियो। स्कटल्यान्डमा भएको खेलमा नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले १७ बलअगावै ४ विकेटको क्षतिमा भेट्टायो । त्रिकोणात्मक शृंखलाअन्तर्गत आगामी आइतबार नेपालले स्कटल्यान्डविरुद्ध पुनः खेल्नेछ।

