झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, ११ साउन । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौ सेवा समितिद्वारा सञ्चालित गौशालाले घर घरमा ग्यास पु¥याउने उद्देश्यले योजना सञ्चालन गरेको छ । गाईवस्तुको गोबरबाट तयार हुने ग्यासलाई व्यक्तिको घर घरमा पु¥याउने समितिले योजना बनाएको छ । सो क्षेत्रका करीब ३०० घर परिवारलाई ग्यास उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ । उक्त योजना निर्माण गर्न विश्व बैंकको ८० प्रतिशत तथा समितिको २० प्रतिशत लगानी रहेको छ । रु ८४ लाखको लागतमा ३०० घनमिटरको टयाङ्की निर्माण गरेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका इञ्जिनियर ज्ञानेन्द्र सिंहले जानकारी दिनुभयो । गोबरग्यास योजना निर्माण गर्न विराटनगर महानगरपालिकाले रु पाँच उपलब्ध गराएको छ । प्रारम्भमा…

Read More

झापा, ११ साउन । यो पटक फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ७ नम्बर जर्सी विश्वका उत्कृष्ट युवा खेलाडी केलियन एम्बापेलाई प्रदान गरेको छ । पिएसजी गत सिजन ऋण समझौतामा प्रवेश गरेका एमबापेले २९ नम्बरको जर्सी पाएका थिए। तर, यसै महिना रुसमा सम्पन्न विश्वकपमा उनको उत्कृष्ट प्रदर्शनपछि क्लबमा उनले ७ नम्बरको जर्सी पाएका छन् । यसअघि ब्राजिलका २५ वर्षीय मिडफिल्डर लुकास मोउराले ७ नम्बर जर्सी पहिरिएका थिए । मोउरा २०१३ देखि पिएसजीमा आवद्ध थिए । तर, यही जनवरीमा २ करोड ५० लाख पाउन्डमा पिएसजीले इङ्लिस क्लब टोटेनहमलाई बेचेको थियो । एम्बापेको चाहना पनि ७ नम्बर जर्सीमा उत्रिने थियो ।…

Read More

काठमाडौँ, ११ साउन । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको मागपछि सरकार र प्रा डा गोविन्द केसीबीच भएको नौबुँदे सहमति सदनमा टेबुल गरिएको छ । आजको बैठकको शुरुमै काँग्रेसका सांसदले आसनबाट उभिएर उक्त सहमतिका बारेमा स्पष्ट पार्न सरकारसँग माग गरेका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले कांग्रेसका डा मीनेन्द्र रिजाललाई बोल्न समय दिनुभएको थियो । सांसद डा रिजालले सरकार र प्रा डा केसीबीच वार्तामार्फत सहमतिमा अनशन टुङ्गिनु सकारात्मक भए पनि प्रा डा केसीले लामो समय अनशन बस्नुपरेको र संसद् पनि नियमित चल्न नसक्नु दुःखद हो भन्नुभयो । सरकारले जबर्जस्ती यथास्थितिमा विधेयक अघि बढाउन नसक्ने भन्दै उहाँले प्रा डा…

Read More

काठमाडौं ११ साउन । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंमाथि कारबाही गर्न माग गरेका छन् । संसदको शुक्रबारको बैठकमा कांग्रेस सांसदहरु पुष्पा भुषाल, डिला संग्रौला लगायतले प्रसाईंले बंगलादेशमा अध्ययनरत छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएको बताए । त्यस्तै अभिव्यक्ति दिँदा कानुनमन्त्रीले राजीनामा दिनु परेको उल्लेख गर्दै उनीहरुले प्रसाईंमाथि कारबाही हुन्छ कि हुँदैन भनेर प्रश्न गरे । जवाफमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यस विषयमा मन्त्रिपरिषदले छलफल गरेपछि प्रष्ट पार्ने बताए ।अनलाइन खबर

Read More

काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका सांसद गगन थापाले अब डा गोविन्द केसीलाई हार्न नदिने बताएका छन् । नौं बुँदे सहमति गरेसँगै तोडिएको अनसन नै अन्तिम बनाउन उनले सरकार र संसदलाई आग्रह पनि गरेका छन् । शुक्रबार संसदमा बोल्दै थापाले डा केसीसँग सहमति गरेकोमा सरकारलाई धन्यवाद दिए । एउटै व्यक्ति एउटै विषयका लागि पटक पटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको उनले बताए ।पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले भने, ‘हामी सम्झौता गर्छौ तर, पालना गरिरहेका छैनौं । त्यसैले यो पटक अनसनको श्रृखलालाई अन्तिम बनाऔं । आज जे कुुरा सरकारको तर्फबाट संसदमा पेश गरिएको छ, संसदको सम्पत्ति भएको छ । हामी सरकार…

Read More

काठमाडौैँ, ११ साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम कारबाहीबारे संसद्मा डटेर कुरा राख्न पार्टीका सांसद्लाई निर्देशन दिनुभएको छ । नेकपा संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै उहाँले आगामी असोज ३ गतेभित्र संविधानबमोजिम नयाँ कानुन बनाइक्नुपर्ने भएकाले सदनको काम सुचारु हुने वातावरण सिर्जना गर्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो– “शीर्ष नेताहरुले सरकारका नीति तथा कार्यक्रम र बजेटका बारेमा खुलेर कुरा राख्नुपर्छ, यसले संसद् र जनतामा राम्रो सन्देश प्रवाह हुन्छ ।” संसद्मा हुने अवरोधले कानुन निर्माणको कार्यसूचीलाई असर गर्ने बताउँदै उहाँले सबै काम समयमै सक्न पार्टीका सांसदले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई…

Read More

यौनवर्धक औषधि भियग्रा आमालाई खुवाउँदा ११ जना बच्चाको मृत्यु भएको छ । यो घटना नेदरल्याण्डस्को हो । हालै त्यहाँ गर्भवती महिलाहरुमा भियग्राको चिकित्सकीय परीक्षणका क्रममा गर्भमा रहेका ११ जना शिशुको मृत्यु भएपछि सरकारले उक्त परीक्षण तत्कालै रोकेको छ । परीक्षणका क्रममा गर्भवती महिलाहरुलाई भियग्रा दिने गरिएको थियो । गर्भनालको समस्या भएका गर्भवती महिलाहरुमा उक्त परीक्षण गरिएको थियो । गर्भवती महिलाले भियग्राको सेवन गर्दा शरीरमा रक्तप्रवाह उच्च हुने र यसले गर्भमा रहेको शिशुको फोक्सोमा गम्भीर असर पर्ने विज्ञहरुले ठहर गरेका छन् । यद्यपि गर्भवतीमा भियग्राको वास्तविक असर पहिचानका लागि थप अनुसन्धान आवश्यक रहेको बताइएको छ । यसअघि बेलायत, अष्ट्रेलिया तथा न्युजिल्याण्डमा…

Read More

बलिउड स्टार ऋतिक रोशन र सुजैन खान पुनः विवाह गर्ने चर्चाले यतिबेला बलिउड तताएको छ । नायक ऋतिकले आफ्नी बचपनकी साथी सुजैनसँग सन् २००० डिसेम्बर २० मा विवाह गरेका थिए । वैवाहिक सम्बन्धको १४ वर्षपछि सन् २०१४ मा आपसी समझदारीमा उनीहरुले सम्बन्ध विच्छेद गरेका थिए । उनीहरुका दुई सन्तान ऋधन र ऋहन छन् । सम्बन्ध विच्छेद पछि पनि यो जोडी प्रायजसो सँगै देखिदै आएका छन् । आफ्नो सन्तानको खुशीका लागि विभिन्न समारोहमा सँगै देखिदै आएका उनीहरुले सम्बन्ध विच्छेद गरेको चार पछि वर्ष पछि पुनर्मिलन हुने कुराले अहिले स‌ंचारमाध्यममा स्थान पाएको छ । ऋतिक र सुजैनको मिलको समाचारले उनीहरुका फ्यानमा खुसीको…

Read More

पोखरा, ११ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसीले उठाएका माग सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ । पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजको रजतमहोत्सव समारोहको आज उद्घाटन गर्दै उहाँले केसी र सरकारबीच भएको सहमतिलाई सरकारले कार्यान्वयनमा लैजाने बताउनुभयो । विगतमा धेरैपटक सरकारको तर्फबाट डा केसीसँग गरिएका सहमति कागजमा मात्र सीमित रहेको बताउँदै उहाँले अब भने सम्झौतालाई व्यवहारमै लागू गरिने विश्वास व्यक्त गर्नुभयो । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमा नै सम्पन्न हुने बताउँदै मन्त्री अधिकारीले विमानस्थल निर्माणसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । वर्तमान सरकारलाई जनताले महत्वपूर्ण अवसर प्रदान…

Read More

काठमाडौं, १० साउन । प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएसँगै उनले बिहिबार राती नै अनसन तोडेका छन् । समझदारीअनुसार १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, अध्यादेशअनुसार नै चिकित्साशास्त्र विधेयक ल्याइने, विगतमा भएका सहमतिको कार्यान्वयन गर्नेलगायतका बुँदा रहेका छन् । केसी २७ दिनदेखि आमरण अनसनमा रहेका थिए । अनसन तोडिएसँगै केसीलाई त्रिवि शिक्षण अस्तालकै आइसीयीमा भर्ना गरिएको छ । आज दिनभर केसीको माग बारे सहमति जुटाउन वार्ता भएको थियो । पहिला सरकारी वार्ता टोली र केसी पक्षीय वार्ता टोलीबीच वार्ता भएकोमा त्यसबाट सहमति जुट्न नसकेपछि बिहिबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रम केपी शर्मा ओलीकै…

Read More