
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
हालै आफ्ना प्रेमी आयूष्मान देशराजसँग ईंगेजमेन्ट गरेकी नायिका प्रियंका कार्कीले फिल्म ‘कथा काठमाडौं’ को एउटा गीतमा भल्गर सिन दिएकी छन् । यसबाट उनले चर्को आलोचना खेप्नु परेको छ । दोस्रो विवाहको तयारीमा रहेकी नायिकाले नायक प्रमोद अग्रहरीसँग दिएको अन्तरङ्ग दृष्य नेपाली दर्शकले सहजै पचाउने खालको छैन । यूट्यूवले समेत यो गीत ‘केही प्रयोगकर्ताहरुका लागि अनुपयुक्त’ रहेको भन्दै उमेर कन्र्फम गरेर मात्रै हेर्न सकिने बनाएको छ । अश्लिल र आपत्तिजनक खालका भिडियोहरुमा यूट्यूवले यस्तो गर्छ । यूट्यूवमा गीतमाथि थुप्रै नकारात्मक प्रतिक्रियाहरु आएका छन् । ती प्रतिक्रियाहरु बढि प्रियंकामाथि नै फोकस छन् । धेरैले उनलाई अश्लिल गाली गरेका छन् । कतिपयले पोर्न…
काठमाडौँ, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शैक्षिक उन्नयनका निम्ति सरकारले नयाँ योजना बनाइरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवासमा आज भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभामा उहाँले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ त्यसैअनुसार शिक्षण संस्था स्थापना गर्नुपर्ने बताउनुभयो । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिका लागि गौरवभन्दा पनि पीडाको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “चाहिएको छ कृषिविज्ञ प्रमाणपत्र छ अरू नै विषयको, यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अनि प्रमाणपत्र पाउँदाको उत्साह केही दिनमै पीडामा परिणत हुन्छ ।” सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही…
५ पटक सांसद् तथा मन्त्रीसमेत भइसकेका एक व्यक्तिले जीवनमा ५८ वटी महिलासँग बिहे गर्लान् भन्ने कल्पना सायदै गर्न सकिएला । तर बागुन सुम्ब्रुइ नामका व्यक्तिले भने धेरै सांसद् तथा मन्त्रीले गर्न नसकेको काम गरिदिए । उनले आफ्नो जीवनकालमा ५८ जना श्रीमती भित्राए । उनले यतिधेरै पत्नी बनाए कि जीवनको अन्तिम समयसम्म आइपुग्दा उनलाई आफ्ना सबै पत्नीको नामसम्म याद थिएन । यस्ता कीर्तिमानी सांसदको गत जून २२ मा मृत्यु भएको छ । भारतको झारखण्ड राज्यको पहिलो विधानसभा उपाध्यक्ष बागुन सुम्ब्रुईको हालै ९६ वर्षको उमेरका निधन भएको छ । श्रीमतीका धनी यी पूर्वमन्त्री तथा पूर्व सांसद् निकै सादा जीवन व्यतित गर्दथे ।…
कुनैबेला बलिउडको चर्चित र राम्रो जोडीको रुपमा रहेको रणवीर कपुर–दीपिका पादुकोणको केही वर्ष पहिले नै ब्रेकअपप भएर अलग्गिएका छन् । तर यो ब्रेकअपको जिम्मेदार को हुन् भन्ने खुलासा भने एक इन्टरभ्युमा दीपिकाले गरेकी छिन् । दीपिकाले रणवीरको नामै नलिइकन आफ्नो सम्बन्ध टुट्नुको दुःख व्यक्त गरिन् । एक इन्टरभ्युमा दीपिकाले भनिन् ‘मैले उस्लाई रङगेहात पक्रेको थिए, यहि त्यो समय थियो जब मैले सबै इमोशन भुलेर अलग हुने निर्णय गरे ।’ मेरो लागी कसैको पर्सनल हुनु शारीरिक सम्बन्ध जरुरी छैन । मलाई लाग्छ यसको लागी आफ्नो भावनासँग जोडिनु महत्वपुर्ण छ । म यस्तो सोच्छु, सबैको सोच यस्तो होस् यो जरुरी छैन ।…
काठमाडौँ, ९ साउन । आगामि भदौ ३० गते अर्थात सेप्टेम्बर १५ देखि संयुक्त अबर इमिरेट्स, युएईमा आउँदो सुरु हुने एसिया कप क्रिकेट २०१८ को खेल तालिका सार्वजनिक भएको छ । सेप्टेम्बर २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट मान्यता प्राप्त पाँच देश र छनौट भएर जाने एक गरी ६ देशले प्रतिस्पर्धा गर्ने छन् । नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसियाबिच छनौट प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धाको विजेताले एसिया कपमा स्थान बनाउने छ । यसको विजेता टिमले एसियाका टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्न पाउने छन् । भारत र पाकिस्तान समूह ए मा छन् । छनौट…
काठमाडौँ, ९ साउन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा जारी भएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याए वर्तमान समस्या समाधान हुने बताउनुभएको छ । नेपाल प्रेस युनियनले ३६ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले प्रा डा केसीले उठाउनुभएका माग पूरा गर्न कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले सरोकार भएका सबैको सहभागितामा माथेमा आयोग गठन गरेको र कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा सो आयोगको मर्मअनुसार चिकित्सा शिक्षा अध्यादेश जारी भएको जानकारी दिनुभयो । कार्यक्रममा कांग्रेस महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाले प्रजातन्त्र, जनअधिकार र प्रेस स्वतन्त्रताका लागि आजीवन संघर्ष…
काठमाडौँ, ९ साउन । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो । नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्राडा गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै वार्तामा टुङ्गोमा पु¥याउन माग गर्नुभयो । उहाँले डा केसी जुम्लामा अनशन रहँदाको अवस्थामा भएको जुम्ला घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन आउनुपर्ने र नेपाली चेलीहरुको अस्मितामा आँच पुग्ने गरी बोलेको भन्दै व्यवसायी दुर्गा प्रसाईंलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गर्नुभयो । अवरोधका बीचमा उठेर सांसद रामनारायण विडारीले कुन नियम र…
काठमाडौँ, ९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई अहिले भएको संगठन संरचना र दरबन्दी पठाउन निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत स्थानीय तहको अन्तरिक संगठन, संरचना तथा दरवन्दीअनुसार स्थानीय तहमा कर्मचारी समायोनका लागि सबै स्थानीय तहबाट संगठन संरचना र दरबन्दी पठाउन निर्देशन गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वीकृत दरबन्दीअनुसार स्थानीय तहको कार्यप्रकृति, सेवा प्रवाह र विकास व्यवस्थापनको आवश्यकता, भौगोलिक स्थिति र सेवा पु¥याउनुपर्ने जनसंख्याका आधारमा स्थायी संरचना र दरबन्दी निर्धारण गरी स्वीकृत गर्नुपर्ने भएकोले १५ दिनभित्र दरबन्दी पठाउन निर्देशन दिइएको हो । मन्त्रिपरिषद्ले अन्तरिम व्यवस्थापनअन्तर्गत स्थानीय तहका लागि करीब…
काठमाडौँ, ९ साउन । नेपालमा रु ७० अर्बबराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा रु ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विदेशमा आयातित र स्वदेशमा उत्पादित औषधि समावेश रहेको बताउनुभयो । नेपालमा हाल ४५ प्रतिशत औषधि उत्पादन हुने बताइन्छ भने बाँकी औषधि विदेशबाट आयातित हुने विभागको भनाइ छ । नेपाल औषधि व्यवसायी संघका महासचिव हरिप्रसाद विडारीले पछिल्लो समय रु ७० अर्ब बराबरको औषधि बजार रहेको…