झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ माघ । झापाको कमल गाउँपालिका–६ पञ्चकन्या लखनपुरका ४२ वर्षीय गोपालबहादुर लिम्बू शेर्मा मृत्यु भएको छ । छ महिनादेखि उपचाररत उनको यही जनवरी १० मा मृत्यू भएको हो । नेपालबाट रोमानिया आएका गोपाल २०२५ अप्रिल १६ देखि पोल्यान्डमा थिए । पोल्यान्डको क्राको सहरस्थित ग्रान्ड प्लस एजेन्सीमा उनी फलफूल तथा हरियो सागपात प्याकेजिङ गर्ने वेयर हाउसको काम गर्थे । उच्च रक्तचापका बिरामी गोपाललई गत अगस्टमा अचानक मस्तिष्काघात भएको थियो । त्यसपछि एसडब्ल्यू आग्नेय मेखोवे अस्पतालमा भर्ना गरिएका उनको एक साताअघि मृत्यु भएको सँगै काम गर्ने गोपालका भतिज दिनेश लिम्बू शेर्माले जानकारी दिए । उनका अनुसार कोमामा रहेकै अवस्थामा गोपालको मृत्यु…

Read More

झापा, ४ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ । मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका…

Read More

झापा, ३ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का झापा जिल्ला संयोजक राजु आचार्य (अग्नि) ले पार्टी परित्यागको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पार्टी छाडेको जनाएका हुन् । ‘प्रचण्डको पार्टी आजको मितिबाट मैले छोडेको जानकारी गराउँछु,’ उनले लेखेका छन्, ‘२७ वर्षको यो पार्टीसँगको यात्रा आजबाट अन्त्य, स्वतन्त्र नागरिकको हैसियतमा अबको जीवन अगाडि बढ्नेछ ।’ उनले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी छोडेको हुन सक्ने निकटस्थहरूले बताएका छन् । आचार्य आफैंले भने यो विषयमा थप कुरा गर्न चाहेनन् ।

Read More

झापा, ३ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले माघ ३ गते ललितपुरको हात्तीवनस्थित निवासमा बोलाएर नेकपाका केन्द्रीय सदस्यसमेत रहेका तामाङलाई उम्मेदवारको टिकट दिएका हुन् । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । तामाङले झापा–५ को टिकट आफूले पाएको बताउनुभयो । संयोजक प्रचण्डले जितको शुभकामनासहित आफूलाई टिकट प्रदान गरेको उहाँले सुनाउनुभयो । ‘प्रचण्ड कमरेडले झापा–५ को टिकट दिनुभयो’, तामाङले भन्नुभयो, ‘जितको अग्रिम शुभकामनासहित जसरी पनि जित्नुपर्छ भन्नुभएको छ ।’ माओवादी सम्वद्ध…

Read More

बिर्तामोड, ३ माघ । नेकपाको युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालले विशाल दाहाल (एलेक्स क्षेत्री) लाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यसअघि केन्द्रीय विभाग सदस्य रहेका झापाका क्षेत्री केन्द्रीय सदस्य मनोनित भएका हुन् । अर्जुनधारा निवासी क्षेत्री विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । उनी दुई दशक अघिदेखि पार्टीमा आवद्ध छन् ।

Read More

झापा, ३ माघ । निर्वाचन आयोगको निर्णय विरुद्ध नेपाली कांग्रेस शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो । बैठकले उक्त निर्णयविरुद्ध संवैधानिक, राजनीतिक तथा कानुनी बाटो अपनाउने निष्कर्ष निकालेको छ । आवश्यक प्रक्रिया पूरा गरी सर्वोच्च अदालतमा रिट दायर गरिने प्रवक्ता डा. महतले बताउनुभएको छ । निर्वाचन आयोगको निर्णयले पार्टीभित्र विवाद थप चर्किएको देउवा पक्षको ठहर छ ।

Read More

बिर्तामोड, ३ माघ । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको संख्या एक सय नाघेको छ । निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म एक सयजना नयाँ सदस्य थप भएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए । यही माघ २४ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गिरीले बताए । गोल्डकपले पुसबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत पुरुषले १५ हजार र महिलाले ११ हजार रुपैयाँ शुल्क तिरेर सदस्य बन्नेको संख्या एक सय नाघेको हो । गोल्डकपको सदस्य बन्न झापासहित देशभर र विदेशमा रहेका नेपालीले पनि इच्छा…

Read More

बिर्तामोड, ३ माघ । झापामा युथ भोलिन्टियर फोर्स घोषणा गरिएको छ । झापा बिर्तामोडका विकास गिरीको नेतृत्वमा ६२ सदस्यीय फोर्स घोषणा गरिएको हो । नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आज युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठले झापाको जिल्ला फोर्स घोषणा गरेका हुन् । युथ भोलिन्टियर फोर्स झापाको जिल्ला कमाण्डरमा विकास गिरी, सहायक कमाण्डरहरुमा भानु सुब्बा र बाबु लिम्बुसहितको जिल्ला फोर्स घोषणा गरिएको हो । युथ भोलिन्टियर फोर्सले पहिलो जिल्ला नेतृत्व घोषणा गरेको हो । युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमाण्डर श्रेष्ठले उनीहरुलाई सपथग्रहण गराएका छन् । युथ भोलिन्टियर फोर्स झापा घोषणा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले नेपाली जनताको सुरक्षाका…

Read More

झापा, ३ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा थियो । यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।…

Read More

झापा, ३ माघ । झापाको बिर्तामोड नगरपालिका–८ स्थित हर्चना टोलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब ८ बजे शैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १–०१–०१४ प ५११९ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भद्रपुर–७ का ३६ वर्षीय सुदिर निरौला गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा पु¥याइएकोमा उपचारको क्रममा राति ९ः१५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More