झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ मंसिर । मलेसियामा दुई जना नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ। मलेसियाको तमान पेरिन्डस्ट्रियन अकल्यान्डमा उनीहरु मृत भेटिएको एनएसटी डटकम मलेसियाले जनाएको छ। उनीहरुको अनुहारमा चोट लागेको पाइएको छ। मृतकहरु ३५ र ४६ वर्षको भएको बताइएको छ। उनीहरु कामदारहरुको क्यान्टिनको भुइँमा मृत भेटिएका हुन्। जिल्ला प्रहरीका प्रमुख असिस्टेन्टन कमिसनर नन्द मरोफले त्यही क्यान्टिनको एक जना नेपाली सञ्चालकलाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको बताए। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी र डाक्टरको टोली पुगेको थियो। डाक्टरको टोलीले तत्कालै उनीहरुलाई मृत घोषित गरेको थियो। उनीहरुको अनुहारमा रगत र चोट भेटिएको थियो। घटनाको प्रकृतिअनुसार मदिरा पिएर झगडा भएको हुनसक्ने अनुमान गरिएको छ। ती…

Read More

आलुलाई तरकारीको राजा भनिन्छ । विश्वभरी आलु नपाक्ने घर विरलै होलान् । यसबाट विभिन्न खालका स्वादिष्ट खाना बनाइने गरिन्छ । एक किलो आलुको मूल्य ५०–६० रुपैयाँ पर्छ । यस्तोमा यदि एक किलो आलु किन्न ६० हजारभन्दा बढी पैसा खर्च गर्नुपर्छ भनियो भने सायद तपाईंले विश्वास गर्नु हुँदैन होला । तर यो साँचो हो । विश्वमा आलुको एउटा यस्तो प्रजातिको खेती हुन्छ जसको एक किलोको मूल्य करिब ६८ हजार पर्छ । Le Bonnotte नामका यो आलुको खेती फ्रान्सको एक द्वीप Ile de Noirmoutier मा हुन्छ । बलौटे माटोमा यसको खेती हुन्छ । समुद्री झारले यसको मलको रुपमा काम गर्छन् । यसको…

Read More

भद्रपुर, १८ मंसिर । कवि भानुभक्त कुभिण्डेलीको १६ औ कृतिका रूपर्मा बाबा बिनाको घर’ शोक काव्य विमोचन गरिएको छ । कवि कुभिण्डेलीद्वारा बुबा तेजप्रसाद सुवेदीको स्मृतिमा तयार पारिएको शोक काव्य वार्षिक पुण्य तिथिको अवसर पारेर धुलावारीमा विमोचन गरिएको हो । कवि कुभिण्डेलीको अध्यक्षता तथा पंण्डित अभिचन्द्र घिमिरेको प्रमुख आतिथ्यमा पुस्तक विमोचन गरिएको थियो । द्रोण अधिकारीले कृतिको परिचर्चा गरेको कार्यक्रममा प्रकाशक इन्दिरा कुसुमले काव्य भित्रका केही कविताका श्लोक वाचन समेत गरेकी थिइन् ।

Read More

झापा, १८ मंसिर । झापाको दमकमा फोहोरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहोर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन्छ । रु २० करोड ५८ लाखमा निर्मित प्लान्टमा केन्द्रको रु पाँच करोड ८८ लाख र बाँकी नेक्सट इरा इनर्जीको लगानी छ । प्लान निर्माण भइसकेपछि सञ्चालनका लागि सरकारले सहयोग नगरेको इनर्जीका सञ्चालक युवराज घिमिरेले बताए । कुहिने र नकुहिने फोहोर बेग्ला–बेग्लै सङ्कलन गरेर प्रशोधनका लागि ल्याइने गरेको बताए । कुहिने…

Read More

भद्रपुर, १८ मंसिर । यहाँस्थित नेपाल सामुदायिक विकास केन्द्र (NCDC) को भवन कार्यसमितिले भाडामा लगाउन पहल गरेको बुझिएको छ । संस्थापक रामप्रसाद ढुंगानाको भरमग्दुर अग्रसरतामा २०४८ सालमा भद्रपुरको वडा नं– ८ मा आफ्नै भवन रहेको यो गैरसरकारी संस्था समुदायको आर्थिक र सामाजिक विकासमा सहयोग पु¥याउन स्थापना गरिएको प्रस्तावनामा उल्लेख छ । स्थापनापछिका निकै वर्ष झापा जिल्लाका विभिन्न क्षेत्रमा समुदायको आय एवम् सामाजिक उन्नयनका विविध कार्यक्रम र तालिमहरू सञ्चालन गरेर मनग्गे प्रशंसा कमाएको यो संस्था केही वर्ष यता भने लगभग कार्यक्रमविहीन छ । संस्थाका वर्तमान पदाधिकारीहरूले अग्रसरता नलिएर हो वा क्रार्यक्रमिक अनुदान जुटाउन बेवास्ता गरेर हो, कार्यान्वयन गर्ने कुनै कार्यक्रम पाइन्न…

Read More

मेचीनगर, १८ मंसिर । अन्तरास्ट्रिय अपांग दिवसको अवसर परेर उधोगपति दानविर महावीर अग्रवालले ३० जना अपांगलाई ब्लाङ्केट बितरण गरेका छ्न् । शनिबार एक कार्यक्रमबिच बुद्धशान्ति गाउपालिकाको शान्ति अपांग सेवाका अपांग सदस्यलाई अग्रवालले प्रतिब्यक्ति एक एक थानको १ हजार रुपैयाँका दरको ३० वटा ब्लाङ्केट बितरण गरेका अमन अग्रवालले बताए । शान्ति अपांग सेवाकेन्द्रका अध्यक्षता शान्ति ढुङेलको अध्यक्षता र बुद्धशान्ति गाउपालिकाका उपाध्याक्ष भवानीप्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उधोगपति दानविर महावीर अग्रवालले आफ्नो भौतिक शरीर रहुन्जेल गरिबदुखिको सेवामा लागि पर्ने बताए । उनले केन्द्रका अध्यक्षलाई प्रत्येक महिना मासिक ५०० रुपैया प्रदान गर्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य…

Read More

झापा, १८ मंसिर । विश्वकप फुटबलको सेमिफाइनल खेलमा पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । अल थुमाम स्टेडियममा हुने पोल्यान्ड र फ्रान्सबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै फ्रान्स क्वाटरफाइनलमा पुग्ने योजनामा छ । यता विजेता फ्रान्स आजको खेलमा जित निकाल्दै यो संस्करणको उपाधिमा आफ्नो बलियो दावेदारी प्रस्तुत गर्ने योजनामा छ । यता पोल्यान्ड पनि आजको खेलमा सजह जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा छ । आज नै हुने विश्वकपको दोस्रो खेलमा इङ्ल्यान्डले सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । इङ्ल्यान्ड आजको खेमला जित निकाल्दै…

Read More

झापा, १८ मंसिर । राजनीतिक र बौद्धिक क्षेत्रमा सशक्त रहेर पनि भौतिक पूर्वाधारमा पछि परेको भोजपुरलाई केही वर्ष अघिसम्म विकासमा पछि परेको कर्णाली क्षेत्रसँग तुलना गरिन्थ्यो। त्यही भोजपुर अहिले सडक पूर्वाधारको एउटा सूचकमा पहिलो स्थानमा पुगेको छ। सडक पूर्वाधारले देशका अन्य भागसँग भोजपुर नजोडिएको बेला भोजपुरकै व्यवसायी श्याम श्रेष्ठले २०६५ सालमा भरियालाई बोकाएर ट्याक्टर र नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ म्याक्स ट्याक्सी पुर्याएका थिए। तत्कालीन ग्रामीण सडक परियोजनाअन्तर्गत सर्वप्रथम भोजपुर–च्यानडाँडा सडक खनिएको थियो। त्यसपछि मात्र लेगुवा–भोजपुर सडकको ट्र्याक खोलिए पनि अरुण नदीमा पुल नहुँदा २०५६ देखि खन्न थालिएको सडक पूरा भएको थिएन। त्यसयता भोजपुरको सडक पूर्वाधार सञ्जाल गाउँगाउँमा विस्तार भइसकेको छ।…

Read More

झापा, १८ मंसिर । अर्जेन्टिना विश्वकफ फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । अहमद बिन अल स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन आल्भारेजले एक–एक गोल गरे । यता अष्ट्रेलियाका लागि कार्गी गुडोइनले एक गोल फर्काए । मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लागि खेलको ५७औं मिनेटमा आल्भारेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेकको ७७औं मिनेटमा अष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएपनि खेलमा जित निकाल्न सकेन । अर्जेन्टिनाका एन्जो फर्नान्डेजले आत्मघाती गोल गर्दा अष्टअष्ट्रेलियाले आत्मघाती गोल…

Read More

झापा, १८ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फको नतिजा लगभग आइसकेकाले सबैको ध्यान समानुपातिकतर्फको मतगणनामा केन्द्रित भएको छ । पाँच वर्षअघिको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो स्थानमा रहेको एमाले यसपटक समग्रमा दोस्रो स्थानमा पुगेको छ । समानुपातिकतर्फ भने एमाले पहिलो स्थानमा छ । प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड साढे ४ लाखभन्दा बढी मत गणना सकिँदा एमाले पहिलो स्थानमै रहे पनि २०७४ सालको तुलनामा अहिले ऊ खुम्चिएको छ । अघिल्लो चुनावमा प्रतिनिधिसभा समानुपातिकतर्फ ३३.२४ प्रतिशत समानुपातिक मत पाएको एमालेले यसपटक शनिबार बेलुकीसम्मको मतगणना हेर्दा २६.७५ प्रतिशत मात्रै प्राप्त गरेको छ । अघिल्लो चुनावको तुलनामा यसपटक करिब ६.४९ प्रतिशत कम…

Read More