झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १० मंसिर । कलवलगुरी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर १० को १६ औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ । सहकारीका अध्यक्ष नारायणप्रसाद चौलागाईको सभापतित्व तथा सहकारी संघ झापाकी उपाध्यक्ष चम्पादेवी सुवेदीकोे प्रमुख आतिथ्यमा अग्रज सदस्य तथा उत्कृष्ट व्यक्तित्व सम्मान सहित सभा सम्पन्न गरिएको हो । अध्यक्ष चौलागाईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिको उन्नतिका लागि कृषक केन्द्रित कार्योजना सहित बचत र ऋण कारोवारका नयाँ नीति समेत प्रस्तुत गरेका थिए । उपाध्यक्ष पदमप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रममा जेष्ठ नागरिक सम्मानबाट बमबहादुर काफ्ले, हेमकुमारी न्यौपानेलाई सम्मानित गरिएको थियो । यस्तै उत्कृष्ट बचत कारोवार सम्मानबाट बसन्तकुमार तामाङ…

Read More

बिर्तामोड, १० मंसिर । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले शनिबार बिर्तामोडमा बार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका जेष्ठ नागरिक सदस्य महमद गुलाव नवीको प्रमुख आतिथ्य रहेको थियो । बार्षिक साधारणसभाका अवसरमा संस्थाले ४८ जना ब्यक्ति र तीनवटा सेवा केन्द्रलाई सम्मान गरेको छ । संस्थाले १५ जना बजार प्रतिनिधि, ८ जना आन्तरिक कर्मचारी, ४ जना पारिवारिक बचतकर्ता, ४ जना असल ऋणि, ४ जना उत्कृष्ट बचतकर्ता, ४ जना बाल बचतकर्ता, ३ जना उत्कृष्ट खरिदकर्ता र तीनवटा…

Read More

बिर्तामोड, १० मंसिर । झापाको मेचीनगरमा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउद्देश्यको सहकारी संस्थाको ३० औं वार्षिक साधारणसभाको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक भएको छ । संस्थाको बिर्तामोडस्थित कार्यालयमा आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले संयुक्त रुपमा आर्थिक वर्ष २०७८÷ ०७९ को प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष उप्रेतीले कोरोनाको कहर र मुलुकमा व्याप्त वित्तीय संकटका बाबजुद संस्था सहज रुपमा अघि बढिरहेको बताउनुभयो । “संस्था बहु व्यवसाय सञ्चालन गर्ने योजना अनुरुप अघि बढिरहेको छ”, उहाँले भन्नुभयो, “त्यसमा पनि कृषिलाई प्राथमिकता दिए अघि बढेका छौं, कृषिमा आधारित व्यवसायाई प्राथमिकता दिएका छौं…

Read More

इलाम, १० मंसिर । इलाम जिल्लाको सुर्योदय नगरपालिका–७ स्थित अम्बोटारमा एक दिने बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सूर्योदय नगरपालिका वडा ७ र रोङ गांउपालिकाको आयोजनामा आज भएको एक दिने स्वास्थ्य शिविरको गरिएको हो । रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र रोट्याक्ट क्लब अफ बिर्तामोडको संयोजन, बिएण्डसी तथा बिर्तामोड आँखा अस्पताल र नेपाल औषधि व्यवसायी संघको प्राविधिक सहयोगमा आयोजित शिविरमा आँखा, क्यान्सर, बालरोग लगायत रोगको परीक्षण गरिएको थियो । रोङ गांउपालिका अध्यक्ष मणिकुमार स्याङ्बोको प्रमुख आतिथ्य तथा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा प्रसाद बरालको विशेष आतिथ्यमा भएको स्वास्थ्य शिविरमा तीन सय भन्दाबढी सेवाग्राहीले सेवा लिएका छन् । उद्घाटन समारोहलाई सम्बोधन…

Read More

झापा, १० मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमाले ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ । घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४५ हजार पाँच सय ६१ मत प्राप्त गरेको छ भने नेकपा ९माओवादी केन्द्र० ले अहिलेसम्म सात लाख १९ हजार तीन सय ७२ मत प्राप्त गरेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ७८ हजार…

Read More

झापा, १० मंसिर । प्रतिनिधिसभाको यस निर्वाचनमा हालसम्म निर्वाचित हुने सबैभन्दा ज्येष्ठ सदस्यका रुपमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र महन्थ ठाकुर छन् । दुवै असी वर्षका हुन् । केसी बागलुङ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् भने ठाकुर महोत्तरी ३ बाट निर्वाचित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा–१ बाट निर्वाचित भएका छन्। उनी ७७ वर्षको हुन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राप्रपाका ध्रुवबहादुर प्रधान ७३ वर्षका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट निर्वाचित भएका छन् । उनी पनि ७० वर्षका हुन् । यसैगरी रुपन्देही–४बाट निर्वाचित लोकतान्त्रिक…

Read More

झापा, १० मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (शनिबार) चार खेल हुँदैछन् । समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा ट्युनिसिया र अष्ट्रेलियाबीच नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दोस्रो खेलमा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच साँझ ६ः४५ बजे, तेस्रो खेल फ्रान्स र डेनमार्कबीच राति ९ः४५ बजे सुरु हुनेछ भने चौथो खेल अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आजको खेल जित्न नसके अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा बढ्ने छ । पहिलो खेलमा अर्जेन्टिनाले साउदी अरेबियासँग हार बेहोरेको…

Read More

झापा, १० मंसिर । कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल बराबरीमा भए पछि अंक बाँडेका छन् । निर्धारित समयमा दुवै देशका खेलाडीबीच निकै प्रतिस्पर्धात्मक रहे खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेका छन् । अब मङ्सिर १४ गते बुधबार इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीच हुने खेलले अन्तिम १६ मा पुग्ने दुई टोलीको निर्धारण हुनेछ । दुवै खेल एकै समय राति १२ः४५ मा हुनेछ ।

Read More

झापा, १० मंसिर । मङ्सिर ४ गते स्थगित गरिएको बाजुराको बूढीनन्दा–५ मा भने शनिबार पुनः मतदान हुँदैछ। स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदानको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाजुराकै अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ। विवादित बनेको त्रिवेणी, बूढीगङ्गालगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको छ। घटनाको वस्तुस्थिति बुझ्न निर्वाचन आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ। टोलीले बुझाउने प्रतिवेदनका आधारमा आयोगले निर्णय लिने बताइएको छ। त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक र दोहोरो भीडन्तमा एक…

Read More

झापा, १० मंसिर । आगामी फागुन मसान्तसम्म सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले सो समयावधि तोकेको हो । आगामी २०८० साल मङ्सिरसम्ममा २५ लाख नम्बर प्लेट जडान गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता भए पनि हालसम्म जम्मा ३५ हजार नम्बर प्लेट जडान भएपछि विभागले निर्णय नै गरेर फागुन मसान्त तोकेको छ । विभागले सूचना प्रकाशन गरेर सरकारी र संस्थानका गाडीलाई फागुन मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न भनेको छ । विभागका प्रवक्ता ईश्वरीप्रसाद पनेरुले सरकारी र संस्थानलाई तोकिए पनि सबै प्रकारका सवारीसाधनलाई सूचना गरिएको जानकारी दिए । हाल विभागमा इम्बोस्ड नम्बर प्लेटको माग छैन । नम्बर…

Read More