
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ मंसिर । मङ्सिर दोस्रो सातादेखि भारतसँग भएको सम्झौताअनुसार ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ। सरकारदेखि सरकार (जीटुजी) सम्झौताअनुसार ल्याउन लागिएको उक्त मल खरिद गर्न तीन अर्ब २६ करोड रुपियाँ पठाइसकेकाले दोस्रो साता आइपुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। भारतले जीटुजीमार्फत नेपाललाई वार्षिक कम्तीमा एक लाख मेट्रिक टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही सम्झौताअनुसार पहिलो चरणमा ३० हजार मेट्रिक टन रासायनिक मल आउन लागेको हो। जीटुजीमार्फत दोस्रो वर्षमा एक लाख ७० हजार मेट्रिक टन, तेस्रो वर्षमा एक लाख ९५…
झापा, ५ मंसिर । पछिल्लो ७ वर्षमा जुट उत्पादन ६ हजार मेट्रिक टनले घटेको पाइएको छ । जुट उत्पादक किसानले लगानीअनुसार प्रतिफल पाउन छाडेपछि यसको खेती छाड्दै गएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको तथ्याङ्कले पछिल्ला वर्षमा नेपालमा जुट उत्पादन निरन्तर घटिरहेको देखाउँछ ।मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष ९आव० २०७१र७२ मा नेपालमा १६ हजार ५ सय ३० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७७र७८ आइपुग्दा उत्पादन ६ हजार ७९ मेट्रिक टनले घटेर १० हजार ४ सय ५१ टनमा सीमित भएको छ । यस अवधिमा जुट उत्पादन हुने जमिनको क्षेत्रफल पनि करिब ४ हजार हेक्टरले घटेको छ ।…
सन्तोष शर्माबनियानी, ४ मंसिर । झापामा करिब ६० प्रतिशत मत खसेको छ । जिल्लामा बिहान ७ बजेदेखि शुरु भएको मतदान ५ः०० बजेसम्ममा कूल मतदाताको करिब ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिनुभयो । “मतदान अवरुद्ध भएका स्थानमा पुनः सुचारु भएको छ”, उहाँले भन्नुभयो, “मतदानको समय सकिए पनि मतदानका लागि लामबद्ध भएकाहरुले मतदानलाई मतदान गराउनु पर्ने भएकाले मतदान प्रतिशत केही बढ्ने देखिएको छ ।” जिल्लामा मतदानको यकिन तथ्यांक राति ९ बजेसम्ममा प्राप्त हुने उहाँले बताउनुभयो । आज झापाका चार स्थान मेचीनगर, बुद्धशान्ति, शिवसताक्षी र गौरीगञ्जको एक÷एक मतदानस्थलमा मतदान…
सन्तोष शर्माबनियानी, ४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ अन्तरगत झापामा आज १३८ जना कैदीबन्दीले मतदान गरेका छन् । जिल्ला कारागार झापामा रहेकाको मतदान केन्द्रमा एक सय ३५ पुरुष र तीन महिलाले मतदान गरेको सहायक मतदान अधिकृत होमनाथ गौतमले जानकारी दिनुभयो । उक्त मतदान केन्द्रमा एकसय ३८ कैदीबन्दी र दुई जना कर्मचारी गरी एक सय ४० जनाले मतदान गरेका हुन् । समानुपातितर्फको प्रतिनिधिसभाका लागि जिल्ला कारागारको मतदान केन्द्रको मतदान दिउँसो १ः०० बजे सम्पन्न भएको छ । झापा कारागारमा १४३ कैदीबन्दी मतदाता रहेका थिए । जिल्ला कारागारमा महिला, पुरुष र बालबालिका गरी एक हजार चार सय भन्दा कैदीबन्दी रहेका छन् ।…
झापा, ४ मंसिर । आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत झापामा उत्साहजनक रुपमा मतदान भइरहेको छ । आज बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध भएर मतदाताले मतदान गरिरहेका छन् । सोही क्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गर्नुभएको छ । नेता सिटौलाले बिहान ७ः२० बजे भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभूत विद्यालयको ९क० मतदान गर्नुभयो । झापा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार उहाँले झापा क्षेत्र नं १ मा मतदान गर्नुभएको हो । त्यस्तै, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । झापा…
झापा, ४ मंसिर । झापाको एउटा मतदान केन्द्रमा बम विष्फोट भएको छ । मतदान चलिरहेका बेला झापा गाउँपालिका वडा नं २ स्थित कुवाडी देवी मावि मतदान केन्द्रमा बिहान १० बजेर २० मिनेटमा सुतली बम विष्फोट भएको हो । मतदान गरिरहेको ठाउँबाट करिब ३० मिटर टाढा भएको बम विष्फोटबाट क्षति नभएपनि ठूलो आवाजका साथ बम पड्किएको मतदाताहरुले बताएका छन् । विष्फोटपछि आधा घण्टा मतदान रोकिएको थियो । केहीबेर अघिबाट मतदान सुचारु भएको हाम्रा संवाददाता बरत राजवंशीले जनाएका छन् । कुवाडी देवी मावि झापा गाउँपालिकाकै सबैभन्दा बढी मतदाता भएको मतदान केन्द्र हो ।
तेह्रथुम, ४ मंसिर । मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको तेह्रथुमको लालीगुराँसमा मृत्यु भएको छ । लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका स्थानीय ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।
झापा, ४ मंसिर । झापाको शिवसताक्षी नगरपालिका– १० स्थित बालनिकुञ्ज माध्यामिक विद्यालयमा रहेको मतदान स्थलअन्तर्गतको ‘घ’ केन्द्रमा मतदान स्थगित भएको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख तुलसीकुमार नेपालका अनुसार प्रतिनिधिसभा सदस्यतर्फको मतपेटिकामा एक मतदाताले प्रदेश सभाको मतपत्र खसालेपछि मतदान रोकिएको हो । सर्वदलीय बैठक बसेर सहमति गरेपछि मात्र त्यहाँ मतदान अगाडि बढाइने प्रमुख नेपालले बताए । यसैगरी झापा गौरीगञ्जस्थित गौरी प्राविको मतदान पनि स्थगित गरिएको छ । सो प्राविसमा समेत प्रदेशको मत पत्र संघीयको बाकसमा र संघीयको मतपत्र प्रदेशको बाकसमा हालेपछि मतदान स्थगित गरिएको हो । निर्वाचना खटिएका कर्मचारीको कमजोरीका कारण यो समस्या भएको हो स्थानीयवासीको भनाई छ ।
झापा, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेको छन् । उनले आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसालेका हुन् । उनले प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाए पनि प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् । चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार लामिछानेले आफूले आफैंलाई भने भोट हाल्न पाएनन् ।
झापा, ४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा झापामा मतदान शुरु भएको छ । झापामा यस निर्वाचनमा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाताले मतदान गर्न पाउने छन् । जसमा ३ लाख ३१ हजार ४४ जना पुरुष र ३ लाख ३२ हजार २ सय ५९ महिला तथा अन्य ८ जना मतदाताले झापाबाट जनप्रतिनिधि छान्न पाउने छन् । झापामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या एक हजार २ सय १५ जना बढी छन् । यता, मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि सुरु भएको मतदान प्रक्रिया अपरान्ह ५ बजेसम्म चल्नेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार…