झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १२ असोज । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १०औं साधारण सभा सम्पन्न भएको छ । संस्थाले साधारण सभाको अवसरमा विभिन्न विधामा ३७ जनालाई सम्मान गरेको छ । कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पविज्ञा महतारा प्रसाईं, विशेष अतिथि बिर्तामोडका सहकारी अधिकृत डिल्ली दाहाल, संस्थाका अध्यक्ष सुब्रत न्यौपाने लगायतले सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरुलाई नगदसहित सम्मान–पत्र, माला र करुवा प्रदान गर्नुभएको थियो । कार्यक्रममा संस्थाका कर्मचारी डिल्ली दाहाल र प्रेमप्रसाद मिश्रलाई सम्मान गरिएको थियो । त्यस्तै, संस्थाले दुहागढी सेवा केन्द्रका डिल्लीमाया बस्नेत, सदिप पाँचकोटी, सुभद्रा राजवंशी, युवराज न्यौपाने, शनिश्चरे सेवा केन्द्रका गंगाबहादुर भट्टराई, प्रनिश काफले, बिमला तामाङ, जीवन…

Read More

कनकाई, १२ असोज । कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला ब्यवस्थापन पब्लिक कम्पनीको साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मिनाल तिम्सिनाको अध्यक्षतामा मंगलबार भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि निवर्तमान सांसद हिरा थापाले गर्नुभएको थियो । कार्यक्रममा अधिकांश वक्ताले छिटोभन्दा छिटो कम्पनी सञ्चालनमा आउनुपर्नेमा जोड दिएका थियो । बढ्दो फोहोर व्यवस्थापनको चुनौती कम्पनी सञ्चालनमा आएपछि समाधान हुने उनीहरुको भनाइ थियो । कार्यक्रममा सामाजिक व्यक्तित्व शेबहादुर थापाले फोहोर व्यवस्थापनमा सबै राजनीतिक दल एक हुनुपर्नेमा जोडदिनुभयो । उहाँले विकासमा राजनीति गर्न आग्रह गर्नुभयो । त्यस्तै, नेपाल चेम्बर्स अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण बिमलीले फोहोर व्यवस्थापन जनसरोकारको विषय भएकाले छिटो भन्दा…

Read More

झापा, १२ असोज । इलाका प्रहरी कार्यालय बेलवारीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्धाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताउनु भयो । मन्त्री कार्कीले प्रहरी चौकीका भवन मात्रै नभएर विकासका हरेक गतिविधि संघीयता संगै चलायमान हुँदै गएको बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी कांशीराज दहालले सुरक्षाका लागि प्रदेश सरकारले…

Read More

भद्रपुर, १२ असोज । चाडपर्वको पूर्वाद्र्धमा भद्रपुरमा पहिलो चरणको बजार अनुगमन गरिएको छ । भद्रपुर नगरपालिकाकी उप–प्रमुख एवम् बजार अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा यही असोज ९ गते बजारका १९ वटा पसलहरूमा अनुगमन गरिएको हो । सो अनुगमनका क्रममा १० वटा खाद्यान्न पसल, ५ वटा होटल–रेष्टुरेन्ट, माछा–मासुका ३ वटा पसल र एउटा दाना पसलमा मूल्य–सूची नराखिएको, म्याद गुज्रिएका खाद्य तथा पेय सामग्री भेटिएको, व्यवसायको विधिवत् नवीकरण नगरिएको र माछा–मासु पसलमा सरसफाई नभएको पाइएको, कतिपयको तौल गर्ने मेसिनमा कैफियत भेटिएको अनुगमन समितिका सदस्य–सचिव सुशील कर्णले बताए । नगरपालिकाको कृषि र पशु शाखा, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय,…

Read More

झापा, १२ असोज । प्रदेश नंं. १ मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्ने लगायतका निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने’ निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा प्रस्तुत ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । उक्त अध्यादेशअनुसार, विपद् व्यवस्थापन ऐन–२०७५, प्रदेश लोक सेवा आयोग ऐन–२०७६, प्रदेश नं. १ प्रदेश वातावरण संरक्षण ऐन–२०७६, सार्वजनिक निजी…

Read More

भद्रपुर, १२ असोज । झापाको बिर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १२ औं साधारणसभाको इकाईगत भेला मंगलबारदेखि शुरु गरेको छ । संस्थाले सदरमुकाम भद्रपुरबाट १२ औं साधारणसभा शुरु गरेको हो । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्ष्तामा आयोजित साधारणसभाको उद्घाटन भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले गरेकी थिइन् । संस्थाका सचिव इन्द्रबहादुर कार्कीले सञ्चालन गरेको साधारणसभामा स्वागत गर्दै संस्थाका कार्यकारी प्रमुख कमलबहादुर वस्नेतले संस्थाको सम्र अवस्थाको बारेमा जानकारी दिएका थिए । आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुमा लगानी ह्वात्तै घटेको अवस्थामा पनि आ. व. ०७८÷०७९ मा सिम्रिक साकोसको वित्तीय प्रगति सुखद रहेको वस्नेतको भनाइ थियो । समारोहमा अध्यक्ष भट्टराईले…

Read More

अर्जुनधारा, १२ असोज । सैनिक एफसी बिर्तामोड झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । स्पर्धी दमक फुटबल एकाडेमीलाई ३–० गोलअन्तरले पराजित गर्दै सैनिकले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लबको आयोजना तथा स्थानीय अर्जुनधारा खेलमैदानमा आयोजित प्रतियोगितामा सैनिकका लागि सुजन लिम्बूले पहिलो गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा एकोहोरो दबाब सिर्जना गरेको सैनिकका लागि सुजनले खेलको ४८औँ मिनेटमा गोल गरेका हुन् । यस्तै, खेलको ५५औँ मिनेटमा सैनिककै पाल्देन घले र ७०औँ मिनेटमा उत्सव राईले गोल गर्दै फराकिलो गोलअन्तरमा जित दर्ता गरे । खेलको म्यान अफ दी…

Read More

विर्तामोड, ११ अशोज । “पर्यटन लाई पुनः बिचार गरौं ” भन्ने मूल नाराका साथ ४३ औं बिश्व पर्यटन दिवस आज मङगलबार झापाको बिर्तामोडमा विविध कार्यक्रम गरि मनाइएको छ । आदर्श स्कुल अफ म्यानेजमेन्टको आयोजना तथा निदि क्याम्पस ,सुरुवाति कोठा नेपाल,प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ,ट्रेक ८५८६ को सहकार्यमा झापाको बिर्तामोडमा प्रभात फेरि र पाउ पाथीभरा मन्दिर परिसर ,सहिद उद्ध्यन पार्क ,सालबारि सिमसार परिसर सर सफाइ गरि मनाइएको आर्दश स्कुल अफ म्यानेजमेन्टका तालिम विकास संयोजक दिपक दासले बताउनुभयो । त्यस्तै आदर्श स्कुल अफ म्यानेजमेन्टले वडा दशैको उपलक्ष्यमा स्कूलको प्राङगणमा शुभकामना आदान प्रदान तथा संस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । सुरुवाति कोठा…

Read More

विर्तामोड, १० अशोज । तमू ह्युल छोंज धीं गुरुङ समाज बिर्तामोड नगर समितिको तेश्रो बार्षिक साधारण सभामा चार जना सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा एकजना जनप्रतिनिधि र एस ई ई मा उत्कृष्ट अंक ल्याउने नगरका  तीन जना विद्यार्थी रहेका छन् । उनीहरू लाई समाजको तेश्रो बार्षिक साधारण सभामा सोमबार सम्मान गरिएको हो। कार्यक्रम बिर्तामोड-१० स्थित सैनिक बजारको सामुदायिक सभा हलमा आयोजना गरिएको थियो । बिर्तामोड नगर अध्यक्ष सल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य आनन्द गुरुङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा  बिर्तामोड-१० वडा अध्यक्ष दुर्योधन गुरुङ, तमू ह्युल छोंज धी का जिल्ला कार्य समिति अध्यक्ष टिकाराम गुरुङ, निर्वतमान केन्द्रिय…

Read More

अर्जुनधारा, १० असोज । झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा भारतको रथखोला एफसी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । स्पर्धी काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–२ गोल अन्तरले पराजित गर्दै रथखोलाले अन्तिम चारमास्थान सुरक्षित गरेको हो । अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लबको आयोजनामा स्थानीय अर्जुनधारा खेलमैदानमा आयोजित प्रतियोगितामा काँकरभिट्टाले लिएको अग्रतालाई उल्टाउँदै रथ खोलाले उत्कृष्ट कम ब्याक गर्यो । १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै रथ खोलाले ३ २ गोलले काँकरभिट्टालाई पराजित गरेको हो । खेलको १०औँ मिनेटमा काँकरभिट्टाका लागि पर्शु राईले गोल गरेर अग्रता दिलाएका थिए । तर, अग्रतालाई जोगाउन नसक्दा…

Read More