झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

रामेछाप, २६ भदौ । रामेछापस्थित जिल्ला कारागारबाट बिहीबार बिहान भाग्न खोजेका कैदीबन्दीलाई रोक्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार बिहान करिब ७ बजे कैदीबन्दीहरूले विभिन्न च्यानलमा लगाइएको ताल्चा फोडेर भाग्न खोजेपछि नेपाली सेनाले नियन्त्रणमा लिन गोली चलाउनुपरेको थियो। ‘बाहिर ननिस्कनुस्, गोली चल्न सक्छ भनेर सम्झाउँदा पनि नमानेपछि बाध्य भएर गोली चलाउनुपरेको हो’, थापाले भने । गोली लागेर दुई पुरुष कैदीको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना कैदीबन्दी घाइते भएका छन्। मृतकहरूको परिचय हालसम्म खुल्न सकेको छैन। प्रमुख जिल्ला अधिकारी थापाले घटनापछि कारागार सुरक्षाकर्मीले पूर्ण रूपमा नियन्त्रणमा लिएको जानकारी दिए।…

Read More

झापा, २६ भदौ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको दुई तिहाई बहुमतको सरकारको दम्भले मुलुकलाई कुशासन र दमनतर्फ धकेलेको आरोप लगाएका छन्। बिहीबार बिहान जारी विज्ञप्तिमा प्रचण्डले विगतमा आफ्नो नेतृत्वमा बनेको सरकारद्वारा चालेको सुशासनका कदमहरूबाट त्रसित भएर कांग्रेस–एमाले गठबन्धनले सत्ता सम्हालेको र त्यसपछि जनतामाथि दमन सुरु भएको उल्लेख गरेका छन्। उनले भने, “दमन र कुशासनकै कारण जेनजी पुस्ताका युवाहरूको आक्रोश विष्फोटको रूपमा देखिएको छ।” पूर्वप्रधानमन्त्री प्रचण्डले १० बुँदामा आफ्नो धारणा सार्वजनिक गर्दै जेनजी पुस्ताले उठाएका मागहरू संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन हुनुपर्नेमा जोड दिएका छन्। उनले आन्दोलनका क्रममा भएको हिंसा, तोडफोड र…

Read More

झापा, २६ भदौ । सुनको मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा पाँचसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य आज तोलाको दुईलाख १४ हजार दुईसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य २ लाख १४ हजार सातसय रुपैयाँ थियो। यो नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। आज चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य आज तोलाको दुई हजार पाँचसय पाँच रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।

Read More

झापा, २६ भदौ । गत भदौ २४ गते भएको आन्दोलनमा गम्भिर, जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भइ अनुसंधानमा रहेका ९२ जना थुनुवा फरार भएका छन् । इप्रका दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी ९२ जना थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, २६ भदौ । जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन । नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो । जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो गर्ने भनिएको वार्ता आजको लागि सारिएको थियो । जेनजीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई आफ्नो समर्थन रहेको बताएका छन् । जेनजी आन्दोलनको क्रममा हालसम्म ३० जनाको मृत्यु भइसकेको छ । एक हजारभन्दा बढी घाइतेहरूको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read More

भद्रपुर, २६ भदौ । झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत बुधबार राति भएको सवारी दुर्घटनामा भद्रपुर नगरपालिका–६ भानुचोकका ५९ वर्षीय राम श्रेष्ठको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित मेची राजमार्गमा भएको दुर्घटनामा प्र.३.०२–००७ प ६०९० नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । इलामाबाट घर फर्कदै गरेका उनी सवार मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Read More

झापा, २६ भदौ । त्रिभुवन विश्वविद्यालयले आगामी आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जनाएको छ। आज बिहान त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको जानकारी दिएको हो। आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ का साथै आगामी कात्तिक ९ गतेका हुने भनिएको त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निणय गरिएको सूचनामा उल्लेख छ। नियमित पठनपाठन आगामी कात्तिक ११ गतेदेखि मात्रै सञ्चालन हुने त्रिविले जनाएको छ।

Read More

झापा, २६ भदौ । भद्रपुर नगरपालिका–१ का देउकुमार लिङ्देनको कृषि फार्ममा यतिबेला रायोको साग बिक्रीका लागि तयार भएको छ । उहाँले यस वर्ष दुई स्थानमा गरी एक बिघा जमिनमा बेमौसमी रायोको साग लगाउनुभएको छ । “दैनिक चार पाँच क्विन्टल जति उत्पादन हुन्छ”, लिङ्देनले भन्नुभयो, “बजारमा प्रतिकेजी रु एक सयदेखि १२० सम्ममा बिक्री हुँदै आएको छ । यसपाली मनग्य आम्दानी होला जस्तो छ ।” उहाँले यस सिजनमा मात्र रु ३० लाखको साग बिक्री गर्ने लक्ष्य सुनाउनुभयो । “लगानी र खर्च कटाएर रु १० लाख नाफा हुन्छ भन्ने आशा छ”, लिङ्देनले भन्नुभया,“गत वर्ष १५ कट्ठामा लगाएको साग खेतीबाट रु १८ लाख आम्दानी…

Read More

झापा, २६ भदौ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदर भन्दा केही उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ।…

Read More

झापा, २६ भदौ । झापामा एक व्यक्तिको हत्या भएको छ । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन् । प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार राति घरमा ३७ वर्षीया श्रीमती सुजता ज्ञवालीसँग मोहमदले भेटेपछि ज्ञवालीले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । मोहमदको हत्या गरेपछि ज्ञवालीले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा गएको टोलीले ज्ञवालीकी श्रीमती सुजातालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

Read More