झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी (झापा), १२ साउन । जिल्ला ट्राफिक कार्यालय झापाले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउनेलाई १०४ जनालाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०७५÷०७५ को १० दिनकै छोटो अवधिमा मापसे गरेर सवारी चलाउने १०४ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार मापसे गरेर सवारी चलाउनेहरुबाट रू १ लाख ४ हजार जरिवाना समेत गरिएको छ । त्यस्तै, कार्यालय मापसे गरेर सवारी साधन चलाउनेलाई प्रशिक्षण दिन थालेको छ । रातको समयमा मापसे गरेर सवारी साधन चलाउनेलाई कारबाहीसँगै प्रशिक्षण समेत दिन थालिएको प्रमुख राईले जानकारी दिनुभयो । ‘चालकलाई जरिवाना गरेर मात्र हुँदैन’,…

Read More

भद्रपुर, १२ साउन । बढ्दो जनघनत्व, त्यसमाथि भारतको बंगाल तथा विहार राज्यसँगको खुला सिमानाका कारण झापा जिल्लामा आपराधिक क्रियाकलापका घटना वार्षिक रूपमा बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको चौवार्षिक अपराधिक क्रियाकलापको तथ्यांकअनुसार विभिन्न अपराधका घटना वृद्धि भए पनि प्रहरीको सक्रियताले दर्ता भएका मुद्दासमेत धमाधम फर्छ्यौट हुन थालेको पाइएको छ । विशेषगरी आत्महत्या, जबरजस्ती करणी, कर्तव्य ज्यान, भवितव्य ज्यान, लागुऔषध, चोरी, सवारी ज्यान, मानव बेचविखन, सार्वजनिक मुद्दाका घटनाहरू बढी दर्ता हुने गरेको तथ्यांकमा उल्लेख छ । कर्तव्य ज्यानमा १३ मुद्दा, ज्यान मार्ने उद्योगमा २३ मुद्दा, चोरीमा ५२ मुद्दा, लागुऔषधमा १२६ मुद्दा, सार्वजनिकमा ६७५ मुद्दा, मानव बेचविखनमा २७ मुद्दा, बहुविवाहमा…

Read More

विराटनगर, १२ साउन । प्रदेश नं १ मा शुक्रबारका दिन अपराध र दुर्घटना धेरै हुने गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त दिन मध्याह्न १२ देखि साँझ ६ बजेसम्म प्रदेशका १४ जिल्लामा अपराधका घटना र दुर्घटना बढी हुने गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । शुक्रबारका दिन मादकपदार्थ सेवन गर्नेको संख्या अत्यधिक हुने र शनिबार बिदा भएका कारण आपराधिक घटना र दुर्घटना बढी हुने गरेको प्रहरी नायब महानिरीक्षक एवं प्रदेश प्रहरी प्रमुख केदार रिजालले बताउनुभयो । उहाँले गत वर्ष शुक्रबारका दिन मात्र एक हजार १२८ घटना भएको तथ्यांक पेश गर्नुभयो । प्रदेश…

Read More

सान नेपाल गौरादह, १२ साउन । गौरादह नगरपालिकाको आर्थिक वर्ष ०७५/७६ को दोश्रो नगरसभाले पारित गरेको नीति कार्यक्रम तथा वजेट शुक्रवार सार्वजनिक गरेको छ । गौरादह नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी प्रवक्ता नगेन्द्र भण्डारीले कार्यक्रम सार्वजनिक गरेका हुन् । त्यस अवसरमा नगरपालिका प्रमुख रोहित कुमार साहले पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिएका थिए । गौरादह नगरलाई समृद्ध नगर बनाई विकासको गतिमा अगाडि बढाउन र नगरवासीहरुलाई छिटो छरितो र सहजरुपमा काम गर्ने वातावरण बनाउन नगरपालिका लागि परेको जानकारी गराए । गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले आर्थिक कार्यविधी ऐन, सहकारी ऐन र संघसंस्था ऐन बहुमतले पारित गरेपनि गत वर्षको घाटा बजेटका कारण नगरपालिकाको…

Read More

काठमाडौँ, १२ साउन । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार करोड १७ लाख ५८ हजार ठगेर फरार दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले ताहचलमा रहेको साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका लेखा समिति सदस्य रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई बिहिबार पक्राउ गरी आज केन्द्रीय कारागार जगन्नाथदेवल जेल चलान गरेको हो । ठगी गरेर फरार रहेको उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको विसं २०७४ वैशाख १७ को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु ४७ लाख ६२ हजार २२५ जरिवना सुनाएको थियो । को–अपरेटिभमा आकर्षक व्याज र उपहारको प्रलोभनमा पारी निक्षेपकर्ताबाट उक्त रकम हिनामिना गरी आफ्नो…

Read More

ताप्लेजुङ, १२ साउन । कर्मचारीको अभाव र न्यून बजेटका कारण विषयगत कार्यालयका सेवा प्रभावकारी हुन नसकेको छैन । जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा आ–आफ्ना कार्यालयको प्रगति विवरण पेश गर्दै कार्यालय प्रमुखहरूले कर्मचारीको अभाव र न्यून बजेटले सेवा प्रभावकारी हुन नसकेको बताएका हुन् । घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख सुनिल आचार्यले न्यून बजेटका कारण लक्ष्यअनुसारका काम गर्न कठिन भएको र पर्याप्त कर्मचारी नहुँदा पनि भ्याइनभ्याइ विकट क्षेत्रमा पुगेर काम गर्नुपरेको बताए । सीमित बजेट हुँदा कामले पूर्णता नपाउने गरेको सडक डिभिजन कार्यालयका इञ्जिनियर महमद हारिज आलमको गुनासो थियो । बजेट सीमित हुने तर काम चौतर्फी गर्नु…

Read More

बिर्तामोड, १२ साउन । झापाको काँकडभिट्टा स्थित पेट्रोल पम्पमा प्रतिलिटर १ सय ८ रुपैयाँ रहेको पेट्रोल एक किलोमिटर पारि भारतीय बजार पानीटंकीमा र नक्सलबाडीमा नेपाली १ सय २८ रुपैयाँ पर्छ । नाकाबन्दीका बेला नेपालीहरू सोही स्थानमा गएर पेटोल र डिजेल हालेर फर्किन्थे । त्यस बेला कालोबजारी मौलाउँदा एक लिटर पेट्रोल ३ सयदेखि ५ सय रुपैयाँसम्म पथ्र्यो । त्यसैले नेपालीहरू पारि जान्थे, ट्यांकीभरि तेल हाल्थे अनि फर्किन्थे । अहिले त्यसको ठ्याक्कै उल्टो भएको छ । भारतीयहरू कार, जिप, भ्यान र मोटरसाइकल काँकडभिट्टा नाका हुँदै झापा पस्छन् अनि तेलले सवारी साधनको ट्यांकी भरेर फर्किन्छन् । भारतको तुलनामा नेपालमा पेट्रोल सस्तो पेट्रोल पाइने…

Read More

रुपेश अधिकारी युएई, १२ साउन । युएई स्थित अल अहलिया एक्सचेन्जले १ किलो सुन बिजेता इलाम सन्दकपुर गाँउपालिका जमुनाका नरेन्द्र मगरलाई बिहिबार पुरस्कार बाफतको उपहार हस्तान्तरण गरेको छ । एक्सचेन्सको मुख्य कार्यालय बरदुवईमा एक कार्यक्रमको आयोजना गरि उनलाई उक्त उपहार दिएको एक्सचेन्जका नेपाल प्रमुख बेनीमाधब ढकालले जानकारी दिए। तर उनले प्राप्त गरेको सुन नेपाल लैजान समस्या हुनेभएकाले उनले स्थानीय बजारमा सुन बिक्रि गरि पैसा पाउने छन् । त्यसका लागि एक्सचेन्जले यसअघि खरिद गरेको पसलमा उक्त सुन बिक्रिगरि उनलाई आइतबार रकम उपल्बध गराउनेछ । एक्सचेन्जले गएको १६ मे बाट १४ जुलाईसम्म चलाइएको समर सरप्राइज अफरमा पैसा पठाउनेमध्येबाट नरेन्द्रले १५ जुलाईमा उक्त…

Read More

ज्यामिरगढी, १२ साउन । हाल मेचीनगर नगरपालिकामा गाभिएको साविक ज्यामिरगढी गाविस खुल्ला दिसामुक्त घोषणा गरिएको छ । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले ज्यामिरगढीलाई खुल्ला दिसामुक्त घोषणा गरे । प्रमुख अतिथि आचार्य र विशेष अतिथि नगर उपप्रमुख मीना उप्रेतीले खुल्ला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराएका थिए । कार्यक्रममा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको तर्फबाट ज्यामिरगढीलाई खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गरिएको थियो । घोषणा समारोहमा आफ्नै लगानी र स्थानीय सामग्रीको समेत प्रयोग गरी तोकेको समयभित्रै सुरक्षित चर्पी निर्माण र समुचित प्रयोग गर्ने विपन्न घरधुरीका ललिता राजवंशी, तालामोही हेमरम र अम्विका दर्जीलाई सम्मानस्वरुप वडा कार्यालयको तर्फबाट सरसफाइ सामग्री प्रदान…

Read More

पार्थ मण्डल झापा, ११ साउन । शुक्रवार दिउँसो चाराआली(भद्रपुर सडक खण्डमा अचम्मको घटना घटियो । अचम्मको घटनाले पत्रकार र प्रहरीलाई पनि अचम्मित नै बनाए । घटना विवरण अनुसार चाराआली(भद्रपुर सडक खण्ड अन्तरगत एउटा सरकारी नम्बर प्लेटको जीप सडक देखि तल पानी जमेको खाल्डोमा खसेर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको जीप मेचीनगर नगरपालिका कार्यालयको रहेछ । चालक दिनेश राईले चलाउँदै गरेको जीप कार्यालय विशेषको कामले भद्रपुरतर्फ जार्दै थियो । एक्कासी जीप सडक छाडेर खाल्डोमा गएर दुर्घटना भयो । दुर्घटना परी चालक राई सामान्य घाइते भएपछि स्थानीयबासीको घटनास्थलमा भीड लाग्यो । दुर्घटना चालककै कारणले भएको एक स्थानीय प्रत्यक्षदर्शी बताउँछन् । दुर्घटनामा…

Read More