झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ९ साउन । तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच बिक्री हुन छाडेको छ । झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेपनि मरिच बिक्री नहुँदा सयौँ किसान मारमा परेका छन् । अर्जुनधारा नगरपालिकाका कृषि शाखाका अधिकृत शालिकराम भट्टराईका अनुसार जिल्लामा आर्थिक वर्ष २०७४÷७५ मा १७ मेट्रिक टन मरिच उत्पादन भएको छ । सुपारीको बोटमा लहराएर फल्ने भएकाले मरिचको खेतीलाई ‘परजीवी खेती’समेत भनिन्छ । गतवर्ष प्रतिकिलो मरिच रु एक हजार ६ सयमा घरबाटै बिक्री भएको थियो । यसवर्ष रु चार सयमा समेत बिक्री नभएको अर्जुनधारा–१० का दिनबन्धु पोखरेलले बताउनुभयो । ‘मैले यसपाली छ सय…

Read More

जाजरकोट, ८ साउन । यहाँको जिल्ला अस्पतालमा सहज रुपमा बिरामीको उपचार भइरहेको छ । डा गोविन्द केसीको मागभन्दा बिरामीको स्वास्थ्य ठूलो भएको भन्दै उपचार कार्यमा लागिएको स्वास्थ्यकर्मी भीमराज सिंहले बताउनुभयो । दैनिक २० भन्दा बढी बिरामी आउने जिल्ला अस्पतालमा केही दिन बन्द ओपिडी सेवा आजबाट सहज रुपमा खुलेर बिरामीको उपचार शुरु भएको छ । बिरामीले उपचार पाउने मौलिक हक खोसिएको भन्दै स्वास्थ्यकर्मी विभाजित भएपछि ओपिडी सेवा आज खुलेको हो । केन्द्रबाट अस्पतालमा बिरामीको उपचार नगर्न दबाब आए पनि यहाँका स्वास्थ्यकर्मीले केन्द्रको भनाइलाई नमानेको बताएका छन् ।

Read More

धनगढी, ८ साउन । कैलालीको भजनी नगरपालिका–९ भुरुवागाउँकी एक महिलाले परपुरुषसँग मिलेर आफ्नो पतिको हत्या गरेको भजनी इलाका प्रहरी कार्यालयले जनाएको छ । भजनी नगरपालिका—९ को भुरुवा गाउँमा ३५ वर्षीय नन्दुराजीलाई उनकै पत्नी निर्मला राजी र प्रेमी भनिएका दिलीप राजीले घाँटी च्यापेर हत्या गरेको खुलासा भएको कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो । घटना साउन ४ गते राति भए पनि प्रहरीलाई ढिलो गरी खबर प्राप्त भएको चन्दले बताउनुभयो । मादकपदार्थ सेवन गरेर राति घर पुगेका नन्दु राजी र श्रीमती निर्मला राजीबीच झगडा भएकामा श्रीमतीले आफ्ना प्रेमी भनिएका दिलीपलाई बोलाई घरमै कुटपिट गरिएको जनाइएको छ । राति नै लोग्नेको हत्या गरी…

Read More

चितवन, ८ साउन । कृषि तथा वन विज्ञान विश्व विद्यालय (एएफयू), रामपुर चितवनले निजी क्याम्पसलाई सम्बन्धन दिन नहुनेमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरुले जोड दिएका छन् । एएफयुले सम्बन्धन दिएको विषयमा अखिल क्रान्तिकारी, अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल छैटौँले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यद्वय लेखनाथ न्यौपाने र ठाकुर गैरेले यस्तो बताउनुभएको हो ।नेता न्यौपानेले आन्तरिक व्यवस्थापनलाई चुस्त पार्दै कृषि शिक्षामा आफैँ सक्षम भएर जानुपर्नेमा यसरी निजी क्याम्पसलाई सम्बन्धन दिँदा कृषि शिक्षामा व्यापारीकरण हुने चिन्ता प्रकट गर्नुभयो । सम्बन्धन खारेजीको माग गर्दै संयुक्त विद्यार्थी संगठनले विगत १५ दिनदेखि आन्दोलन गरिरहेका छन् । अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष न्यौपानेले कृषिसँग मुलुकको…

Read More

काठमाडौँ, ८ साउन । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले विभिन्न मुलुकबाट नेपालमा आई गरीब र विपन्न परिवारका बालिकालाई प्रलोभनमा पारेर यौन दुराचार गर्ने फ्रान्सका ४२ वर्षीय क्रिस्टोपे गुइलियस र फ्रान्सकै ३८ वर्षीय मिशेल चुपाउलाई सोमबार गौशालाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरु पर्यटक भिसामा नेपाल आएर कागेश्वरी मनहरा नगरपालिकास्थित एक घरमा बसेर बाल यौन दुराचार गर्ने गरेको अनुसन्धानमा खुलेको छ । उनीहरुले १० देखि १४ वर्षका बालबालिकालाई फुटबल, चकलेट, खेलकुदका सामाग्री किनिदिनुका साथै पैसासमेत दिने र यौन दुराचार साथै अप्राकृतिक मैथुन गर्ने गरेको ब्यूरोले जनाएको…

Read More

काठमाडौँ, ८ साउन । सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । साँझ ५ बजेर ४४ मिनेट जाँदा ४।३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । यसअघि आजै बिहान धादिङको गजुरी आसपास केन्द्रविन्दु बनाई ४।८ रिक्टर स्केलको परकम्प गएको थियो । केन्द्रका विवरणअनुसार गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४।१ रिक्टर स्केलको परकम्प गएको थियो । त्यस्तै, गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रविन्दु भई पाँच रिक्टरको परकम्प गएको थियो । केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार विसं २०७२ को गोरखा ९७।६ रिक्टर स्केल० भूकम्पपछि हालसम्म चार…

Read More

काठमाडौं, ८ साउन। यसअघि साउनको पहिलो सातादेखि खुल्ने भनिएको सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’को आवेदन तेस्रो सातादेखि खुल्ने बताइएको छ। यातायात व्यवस्था विभागले गएको जेठ २१ गते एक सूचना प्रकाशित गर्दै नयाँ लाइसेन्ससम्बन्धी सबै कामकारबाही बन्द गरेको थियो । पछि ट्रायल पास गरेका तर राजस्व नतिरेका पनि नतिजा रद्द गर्ने निर्णय गरेको थियो । साथै एकपटकका लागि भन्दै बाँकी रहेकाहरुको असार १५ गते भित्रै रिट्रायल भ्याउने निर्णय गरेको थियो। विभागका अनुसार पेन्डिङमा रहेका कार्डको छपाई सक्न र राजश्व लगायत हिसाव मिलान गर्नुपर्ने भन्दै आवेदन लिन बन्द गरेको थियो। लाइसेन्सको आवेदनका साथै लिखित र प्रयोगात्मक परीक्षा समेत स्थगित गरिएको थियो। तर…

Read More

काठमाडौँ, ८ साउन । सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘हेलो सरकार कक्ष’ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालिएको कक्षका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँले सरकारी कार्यालयले सबैलाई सूचना प्रदान गर्न, जनगुनासो ग्रहण गर्न र आफ्ना कार्यालयका सूचना सार्वजनिक गर्न ट्वीटर सञ्चालन गर्न तयारी थालिएको बताउनुभयो । यसअघि सरकारको निर्देशनअनुसार सबै सरकारी कार्यालयले सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरिरहेका छन् । उपाध्यायका अनुसार ट्वीटर सञ्चालनका लागि सरकारले ‘सरकारी निकायद्वारा ट्वीटर खाता प्रयोग गर्ने कार्यविधि, २०७५’ समेत बनाउन…

Read More

नेपालगञ्ज, ८ साउन । संघीयसभाका सभामुख कृष्णबहादुर महराले मुलुकको राजनीतिक विवाद संविधान निर्माण भएपछि सकिएको बताउनुभएको छ । यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसको हातामा नयाँ निर्माण हुने क्याम्पस भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो, “अब मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता देखिनु जरुरी छ ।” सभामुख महराको थप भनाइ थियो, “मुलुक बनाउन अहिले पनि थुप्रै चुनौती छन्, तर सामूहिक संकल्प गरेर अघि बढियो भने सफलता अवश्य पाइन्छ ।” उहाँले संघीयताको कार्यान्वयन मुख्य प्राथमिकतामा राखेर सरकार गतिवान् हुनुपर्ने बताउँदै त्यसका लागि आवश्यक पर्ने कानून निर्माण संघीय सभाबाट भइरहेको छ भन्नुभयो । सभामुख महराले नेपालगञ्ज पश्चिम नेपालको शैक्षिक हब भएकाले यहाँको…

Read More

विराटनगर, ८ साउन । मोरङ जिल्लाका बाढीपीडित समुदायलाई वितरण गर्न आएको राहत रकम समयमै वितरण गर्न नसक्दा करोडौँ रकम ‘फ्रिज’ भई फिर्ता गएको छ । गृह मन्त्रालयबाट मोरङको कटहरी गाउँपालिकाको बाढी पीडितलाई वितरण गर्न रु तीन करोड ८९ लाख २५ हजार आएको थियो । कटहरी गाउँपालिकाले सो रकम गत असार मसान्तसम्म वितरण नगरेपछि रकम फ्रिज भई फिर्ता भएको हो । गत आर्थिक वर्षको असार मसान्तभित्र वितरण गर्नुपर्ने रकम स्थानीय निकायले वितरणमा ढिलाइ गर्नाले नै रकम फिर्ता भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा रकम फ्रिज भएर र्फिता गएपछि आज प्रमुख जिल्ला अधिकारी, कटहरी गाउँपालिकाका जनप्रतिनिधि तथा प्रहरी प्रमुखबीच यस सम्बन्धमा…

Read More