
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बुटवल, २४ मंसिर । प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो । उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए । उनले भने– ‘केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएको थियो, उहाँलाई पक्राउ गरेर म्याद थप गरिएको छ ।’ नेपालमाथि ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको उनले बताए । उनले बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको समेत बताए । नेपालकी दोस्रो श्रीमतीको…
१. कालो कफि कालो कफिलाई कपालमा लगाएर केही समयसम्म राख्ने र सफा पानीले धूने गर्नाले कपाल प्राकृतिक रुपमा कालो बन्दै जान्छ । यो तरिका केही हप्तासम्म गर्नाले कपाल कालो हुनुका साथै सुन्दर र मुलायम हुन्छ । २. अमला कपालमा अमलाको प्रयोग परापूर्वकाल देखिनै हँुदै आएको पाइन्छ । अमला भिटामिन सी को प्रमुख स्रोत पनि हो । अमलालाई पानीमा उमालेर पेस्ट बनाई कपालको जरामा लगाउनाले कपाल कालो हनुका साथै कपाल झर्नबाट रोक्छ र कपाललाई मजबुत बनाउँछ । ३. चियापत्ति चिया हामीले पिउने गरिन्छ तर कपालमा भने यसको प्रयोग कमै भएको पाइन्छ । चियालाई पानीमा उमालेर त्यस पानीले कपाल धूने गर्नाले प्राकृतिक…
काठमाडौँ, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन समझदारीका लागि दबाब दिन भन्दै विरोध प्रदर्शन गरेको छ । काठमाडौँको शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको माग गर्दै जनदबाब कार्यक्रम आयोजना गरेको हो । राजनीतिक दल र जेनजीका बिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गरेको राप्रपाले शान्तिबाटिकाभा सभा पनि गरेको छ ।
मोरङ, २० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न प्रयत्नरत रहेको बताउनुभएको छ । ‘भोलिको सदाचार निर्माणस् युवाहरूसँग भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता’ नाराका साथ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज विराटनगरमा आयोजित भ्रष्टाचार विरुद्धको २५औँ अन्तर्राष्ट्रिय दिवस–२०२५ को उद्घाटन गर्दै उहाँले राष्ट्र निर्माण र नेपाली जनताप्रति सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार भ्रष्टाचारविरुद्ध अभियानमा लाग्न सबैलाई आह्वान गर्नुभयो । मुख्यमन्त्री कार्कीले मुलुकलाई सुसंस्कृत, सभ्य, आधुनिक, विकसित राष्ट्र बनाउन भ्रष्टाचार न्यूनीकरण अभियानमा प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बेरुजु एवं पेस्की फछ्र्यौट, नीति निर्माण, बजेट कार्यान्वयन क्षेत्र अधिकारको न्याय सम्पादनमा इमानदारीका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।…
पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन् । गत वर्ष पूर्णबहादुरको सारङ्गीले ऐतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रको व्यापार राम्रो हुँदै गएको छ । कुनै समय लगानी पनि उठाउन गाह्रो हुने अवस्थाबाट नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेको जानकार बताउँछन् । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस एटदरेट सिनेपाः’ ले सार्वजनिक गरेको यही मङ्सिर २० गतेसम्मको तथ्याङ्कअनुसार चलचित्र परानले करिब रु १७ करोडको व्यापार गरेको छ । गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रले घरेलु बजारमा रु १६ करोड ९७ लाख ९३ हजार ३५४ को व्यापार गरेको छ । बसाइँसराइ र पारिवारिक कथामा तयार भएको उक्त चलचित्रलाई दीपकप्रसाद…
झापा, २३ मंसिर । सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार नौ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ भने १५ रुपैयाँले बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको तीन हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार पाँच सय ८५ रुपैयाँ थियो ।
काठमाण्डौ, २३ मंसिर । देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले आज कार्यालयमा पेन डाउन गर्दा भन्सार जाँचपासका काम ठप्प भएका हुन् । २०८२ मङ्सिर २१ गतेदेखि लागू भएको भन्सार ऐन २०८२ का केही प्रावधानको विरोधमा महासङ्घले देशभर भन्सार सेवा अवरुद्ध गरेको हो । महासङ्घका अनुसार नयाँ ऐनका प्रावधानले अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार प्रक्रियालाई सहज बनाउने भन्दा उल्टो भन्सार एजेन्टको पेशागत अधिकार, उद्योग–व्यवसाय र वैध व्यापारलाई नै हतोत्साहित गर्ने अवस्था सिर्जना भएको छ । भन्सार ऐन २०८२ को मस्यौदा तयार पार्ने चरणदेखि नै महासङ्घले दण्ड–जरिवाना, इजाजतपत्र नवीकरण, निलम्बन…
दमक, २२ मंसिर । झापाको दमक नगरपालिका वडा नं. ५ बाट लागुऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१ घर भई हाल दमक–५ मा बस्दै आएका १९ वर्षीय निरज मुखियालाई प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको विशेष सूचनाको आधारमा पक्राउ गरेको छ । आइतबार साँझ मुखियालाई दमकस्थित कोठामा बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । कोठा खानतलासी गर्दा विभिन्न प्रतिबन्धित औषधि बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनको कोठाबाट खैरो हेरोईन १ ग्राम ४० मिलिग्राम, Tramadol Hydrochlorides Capsules I.P. २७ क्याप्सुल र Dicyclomine Tablet 20 mg २६ ट्याबलेट बरामद गरेकोछ ।
झापा, २२ मंसिर । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रूपमा चुनाव चिह्न प्रदान गरिएको छ । १२ राजनीतिक दलले संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएकाले संयुक्त चुनाव चिह्न प्रदान गरिएको हो । यस आधारमा आयोगले कूल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ । आयोगमा कूल १४३ राजनीतिक दल दर्ता कायम भएका छन् । निर्वाचनमा भाग लिने दलको सङ्ख्या…
झापा, २२ मंसिर । भारतीय रियालिटी शो बिग बोस १९ को उपाधि गौरव खन्नाले जितेका छन् । मुम्बईमा आइतबार भएको ग्रान्ड फिनालेमा फरहाना भट्ट उपविजेता बनिन् । प्रतियोगितामा अमाल मलिक पाँचौँ, तान्या मित्तल चौथो र प्रणीत मोरे तेस्रो स्थानमा रहे। विजेता बनेका गौरव खन्ना चर्चित टिभी अभिनेता हुन्। उनी सीआईडी र अनुपमा जस्ता लोकप्रिय टिभी शोहरूमा देखिइसकेका छन्। शो जितेबापत गौरवलाई बिग बोसको ट्रफीसँगै ५० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त भएको छ। यस सिजनको सुरुवात अगस्ट २४ मा भएको थियो र कुल १८ प्रतिस्पर्धीहरू सहभागी भएका थिए । फिनालेको क्रममा शोका होस्ट सलमान खान अभिनेता धर्मेन्द्रलाई सम्झँदै भावुक भएका थिए…