झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १७ भदौ । झापा र इलामबाट लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १६ गते झापाको मेचीनगर नगरपालिका– ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँको क्रममा अर्जुनधारा नगरपालिका(–२ का २८ बर्षीय प्रकाश योङहाङको साथबाट २ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर फला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी प्रहरी चौकी फिक्कल इलामले मकवानपुर घर भई हाल सुर्यादय नगरपालिका– १० फिक्कल बजार स्थित डेरा गरी बस्दै आएका ३० बर्षीय डेबिड खरेल र सुर्यादय नगरपालिका– १० का ४० बर्षीय मनराज तामाङलाई १७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप…

Read More

कोकिला ढकालइलाम, १७ भदौ । सुधार गृहका रूपमा व्यवस्थापन गरिएको इलाम कारागार सञ्चालनमा आएदेखि क्षमताभन्दा बढी कैदीबन्दीको समस्या झेल्दै आएको छ । १२५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा अहिले ३३० जना कैदीबन्दी रहेका छन् । १६ महिला र ३१४ जना पुुरुष कैदीबन्दी रहेको कारागार इलामले जनाएको छ । यीमध्ये नौ जना विदेशी र पाँचजना मानसिक रोगी समेत रहेको बताइएको छ । कारागारलाई सुधारगृहका रूपमा लिइए पनि सङ्ख्या धेरै भएकाले खानेपानीको समस्या बढी हुनेगरेको कारागार प्रमुख मधु विशुुंङ्खेले बताउनुुभयो । ‘बिजुली र शौचालयको पनि समस्या उत्तिकै छ । समाधानका विभिन्न प्रयास गर्‍यौं र पूर्ण समाधान हुुन सकेको छैन’ उहाँले भन्नुुभयो, ‘क्षमताभन्दा…

Read More

अर्घाखाँची, १७ भदौ । अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । छत्रदेव गाउँपालिका वडा नम्बर ४ का किरण गुरुङलाई उक्त अभियोगमा प्रहरीले मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार निजले एक साताअघि ३४वर्षीया सुमित्राको हत्या गरेर भान्साकोठमा नै शव गाडेका थिए । छोरी हराइएको जाहेरी प्रहरीमा परेपछि अनुसन्धान गर्दा भान्सामा सडेको शव फेला परेको हो । घरायसी विवाद बढेपछि आवेशमा आफूले हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन् । अभियुक्त प्युठानको नौबहिनी गाउँपालिका– १ स्थायी बासिन्दा हुन् । रासस

Read More

झापा, १७ भदौ । नेपाली लेखक संघ झापाले आमन्त्रित सदस्यका रुपमा पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारी सहित चार जनालाई मनोनयन गरेको छ । नेपाली लेखक संघका अध्यक्ष दयानन्द गोश्वामीको अध्यक्षतामा बसेको बैठकले पत्रकार भण्डारी सहित चार जनालाई सदस्यमा मनोनयन गरेको हो । भण्डारीसहित पत्रकार राजेन्द्र गौतम, जीआर धिताल र नारायण वहादुर वस्नेतलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गरिएको नेपाली लेखक संघ झापाका सचिव समिरवावु कट्टेलले जानकारी दिए । त्यस्तै वैठकले कार्यसमिति सदस्यमा कनकाई नगरपालिका ९ घैलाडुब्बा निवासी श्यामप्रसाद राजवंशीलाई मनोनित गरिएको छ । नेपाली लेखक संघ झापाले आगामी भदौ २१ गते शनिवार गौरादह नगरपालिकाको सभाहलमा माध्यमिक विद्यालय स्तरीय कविता बाचन…

Read More

शिवसताक्षी, १७ भदौ । झापाको डुँडामारीमा रहेको श्री कञ्जनजंघा बहुदेश्यीय सहकारी संस्थाले २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । झापा दमकमा मुख्य कार्यालय रहेको उक्त सहकारीले शिवसताक्षी ८ स्थित डुँडामारी इकाईगत साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा संस्थाका उपाध्यक्ष विमल प्रसाद निरौलाले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले विभिन्न चुनौतिका बीच पनि सदस्य केन्द्रित काम गर्दै आएको बताए । उनले सहकारीले पछिल्लो समय मनकामना इन्जिनियरिङ हाइड्रोपावरमा ६ लाख, सोलुखेला दुधकोशी जलविद्युत आयोजनामा १० लाख लगानी गरेको जानकारी दिए । संस्थाले दमक नगरपालिका वडा नं. १२ मा ३ कठ्ठा जमिनमा खयर, बाँस र रबर प्रजातिका विरुवा…

Read More

झापा, १७ भदौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख पाँच हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला रू छ सय बढेको हो । चाँदीको मूल्य प्रतितोला रू १५ ले बढेर रु दुई हजार ४८५ पुगेको छ ।

Read More

लन्डन, १७ भदौ ।बेलायतमा नेपाली समुदायका १० व्यक्तिलाई ‘वर्ष व्यक्तित्व’ घोषणा गर्दै सम्मान गरिएको छ। आइतबार लन्डनस्थित स्ट्यानवेल कम्युनिटी हलमा आयोजित ‘मिडिया पर्सनालिटी अफ द इयर २०२५’ शीर्षकमा उनीहरूलाई सम्मान गरिएको हो। बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यमा रुबी राउत, डा. विशाल गुरुङ, विकास नेपाल, सुनिल खड्का, दिवाकर पाण्डे, महेश अधिकारी, पुरन गिरी, डा. रक्षा थापा, रण केसी र डा. डिलीसा सिम्खडालाई सम्मानित गरिएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले नेपाल अब केवल गरिबीले मात्र चिनिने देश नभई प्रतिभा सम्पन्न मुलुकको रूपमा प्रस्तुत हुनुपर्ने धारणा राखेका थिए। कार्यक्रममा स्पेलथोर्न काउन्सिलका पूर्व मेयर तथा काउन्सिलर मेड बकलेको उपस्थिति थियो।…

Read More

इलाम, १७ भदौ । इलामको चुलाचुलीमा गएराति चन्द्रबहादुर विष्टको घरमा आगलागी हुँदा तीन लाखभन्दा बढीको क्षति भएको छ । राति करिब १० बजे चुलाचुली गाउँपालिका– ६ तोरीवारीका विष्टको टिनको छानो र टिनको बेरा भएको एकतले घरमा आगलागी भएको हो । आगलागीबाट घर र घरभित्र भएका भाँडावर्तन, अन्नपात पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी तीन लाख २५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी पेल्टिमारीका प्रहरी वरिष्ठ नायब निरीक्षक नारायणप्रसाद कुँवरका अनुसार प्रहरी, दमक नगरपालिकाको बारुणयन्त्र र स्थानीयको सहयोगमा राति ११ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो । घर जलेपछि विष्ट परिवार विस्थापित भएको स्थानीयले जनाएका छन् ।

Read More

झापा, १७ भदौ । राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत ४० हजार नेपाली महिलालाई कुवेतमा लगेर बेचिएको बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै सांसद विष्टले भिजिट भिसामा जाँदा अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका कर्मचारीलाई एक लाख घुस दिनुपर्ने विवरण जानकारीमा आएको बताएका छन् । नेपालबाट अवैधानिक रूपमा लगेर कुवेतको एउटा घरमा बन्धक बनाएर राखी शोषण गरिएको उनको भनाई थियो । ठुलो संख्यामा महिला बेचिएको विषयबारे सरकार र गृह मन्त्रालयले सदनलाई जानकारी दिन नचाहेको उनले बताए । उनले समस्यामा परेकालाई तत्काल उद्वार गर्न पनि जोड दिए । कुवेतको घरेलु श्रम बजारमा नेपाली महिला कामदारको संख्यामा आश्चर्यजनक…

Read More

काठमाण्डौ, १७ भदौ । सरकारले आउँदो भदौ ३० गतेदेखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । सरकराले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत काठमाण्डौ उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय अनुसार खाद्य व्यवस्था कम्पनीले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभर एक सय ११ वटा ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । यस्तै साल्ट ट्रेडिङ कर्मोरेसनले काठमाण्डौ उपत्यकासहित देशका ३८ वटा ठाउँमा सुपथ मूल्य सपल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसलबाट विभिन्न खाद्यवस्तुमा किलोको दुई रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइने…

Read More