झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १३ असोज । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बुधबार फरक दृश्य देखिन्थ्यो। ब्यानर बोकेर कांग्रेस नेता नै धर्ना बसेका थिए। सबैको एउटै स्वर थियो, ‘हामी पार्टीभित्र न्याय मागिरहेका छौं। अन्याय सहँदैनौं भनेर विरोध स्वरूप धर्नामा बसेका हौं।’ उनीहरू धर्नामा बस्नको कारण थियो– आसन्न निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाउनु। अनि, धर्नामा बस्ने थिए संस्थापन इतर समूहका नेता। पछिल्लो समय समानुपातिक उम्मेवारको विषयलाई लिएर सुरु भएको कांग्रेसभित्रको कचिंगल धर्नासम्म पुगेको छ। सोमबारदेखि नै बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहेको छ। बैठकको उद्देश्य पनि यो किचलोलाई अन्त्य गर्ने भएको नेताहरू बताउँछन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Read More

झापा, १३ असोज । सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई घाटा लाग्ने भएको छ। गठबन्धनका दुई दल कांग्रेस र माओवादी केन्द्र मिलेर धेरै सिट लिँदा जसपा र नेकपा एसलाई घाटा लाग्ने अवस्था आएको हो। आन्तरिक विवादका कारण सबैभन्दा बढी सिट लिन कांग्रेसलाई सहयोग मिलिरहेका बेला माओवादीले करिब ५० सिटको हाराहारीमा लिएको छ। ‘कांग्रेस ८५–८७ सिट, माओवादीले ४७–५० सिट लिँदा नेकपा एसलाई १६ सिट र जसपालाई १५ दिने गरी संघमा बाँडफाँट गर्न लागिएको छ। बुधबारको बैठकले पनि सबै क्षेत्रको सिट बाँडफाँट टुंगो लगाएको छैन,’ गठबन्धन निकट…

Read More

झापा, १३ असोज । हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशका एक(दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यी स्थानमा राती पनि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

झापा, १३ असोज । नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्‍टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्टभुजा पनि भनिन्छ । देवीको अष्टभुजामा कमण्डलु, धनुष बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पति गरेकाले देवीको नाम कुष्माण्डा रहेको उल्लेख छ । कुष्माण्डाको अर्थ कुभिण्डो हो । गर्मी मौसममा फल्ने फल भए पनि फलको भित्री भाग शीतल हुने भएकाले कुष्माण्डा देवीलाई पनि सन्सारिक दुःख कष्ट तथा पीडामा शीतलता प्रदान गर्ने देवीको रुपमा पूजा गरिन्छ । कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीकको…

Read More

झापा, १३ असोज । १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि उम्मेदवार मनोनयन कार्यक्रम ९ दिनपछि हुँदै छ । निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार आगामी २३ असोजमा प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने भए पनि राजनीतिक दलहरूले अझैसम्म प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । प्रमुख सत्तारूढ दलका रूपमा रहेको नेपाली कांग्रेसभित्र एकातर्फ समाानुपातिक निर्वाचन प्रणाली बन्दसूचीले तीव्र विवाद छ भने अर्कातिर गठबन्धनका कारण प्रत्यक्षतर्फको सिट संख्या र उम्मेदवार तय गर्न कांग्रेसलाई सकस भइरहेको छ । कांग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि समानुपातिक बन्दसूची सच्याउन र प्रत्यक्षमा संस्थापन इतरसमूहका नेतालाई चित्त बुझाउने गरी सिट मिलाउन दबाब…

Read More

भद्रपुर, १२ असोज । झापाको बिर्तामोड नगरपालिकाबाट मंगलबार राति प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बिर्तामोड–५ स्थित पाथिभरा टोलबाट इलाम माई नगरपालिका–२ का २२ वर्षीय केबिन्द्र गोले, सोही स्थानका २७ वर्षीय गोम्बु दोर्जे गोले र पाँचथर फाल्गुनन्द गाउँपालिका–५ का ३२ वर्षीय सन्त लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट १३ ग्राम ब्राउनसुगर बरामद गरेको हो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Read More

भद्रपुर, १२ असोज । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट ७५ ग्राम ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका भारतबाट नेपालतर्फ आउँदै गरेका रामेछाप (जिल्ला) रामेछाप नगरपालिका–८ का ३० वर्षीय विजय लामालाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदैं गरेका लामालाई शंका लागेर चेकजाँच गर्दा ब्राउनसुगर ७५ ग्राम, नगद रू १० हजार र एक थान सामसुङ मोबाइल बरामद गरेको थियो । लागुऔषधसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी…

Read More

झापा, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै असोज ६ गते सर्वोच्च अदालतमा रिट पर्यो। सुनिल रञ्जन सिंहलगायत अधिवक्ताले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानविपरीत भएको दाबी गर्दै राष्ट्रपतिविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध पाँचवटा रिट दर्ता भएका छन्। सर्वोच्चमा राष्ट्रपति र राष्ट्रपतिको कार्यालयविरुद्ध मात्र होइन, सरकार, सरकारप्रमुख, संवैधानिक अंगका पदाधिकारीविरुद्ध पनि मुद्दा छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति गरेका संवैधानिक अंगका पदाधिकारीविरुद्ध सर्वोच्चमा दायर मुद्दाको फैसला अहिलेसम्म हुन सकेको छैन । ओली नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायत संवैधानिक…

Read More

झापा, १२ असोज । नेपाल बैंकर्स संघले ब्याजदर बढाएको आरोप उद्योगी–व्यवसायीहरुले लगाएपछि बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्वजानकारी दिएर बैंकहरुले व्याज बढाएको दाबी गरेका छन्। मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुई महिनाको समय दिएर व्याजदर बढाएको पनि स्पष्ट पारे । उनले हाल डलरको मूल्य १० रुपैयाँभन्दा बढी वृद्धि भएको भन्दै सबै लागत जोडेर व्यवसायीहरु बजारमा जाने बैंकको लागत जोड्न नहुने भन्ने विश्वमा कहीं नभएको पनि बताए। अध्यक्ष उपाध्यायले बजारमा तरलता अभावका कारण असारदेखि अहिलेसम्म कर्जा वृद्धि हुन नसकेको भन्दै चालू आर्थिक वर्षको…

Read More

झापा, १२ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन गरेको निष्कर्षसहित एमालेले आत्मालोचना गरेपछि मात्रै टिकट दिने रणनीति बनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र, जिल्ला, प्रदेशबाट सिफारिस भएर केन्द्रमा पुगेका ती नेतासँग ओलीले आन्तरिक छलफलमा छन् । आफू निकट केही नेतासँग छलफल गरिरहेका ओलीले विगतमा गरेको अनुशासन उल्लंघनको विषयमा आत्मालोचना गर्नुपर्ने बताउँदै आएका छन् । एमालेको आन्तरिक विवादमा माधवकुमार नेपाल समूहमा रहेका ती नेता पार्टी विभाजन…

Read More