झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पाल्पा, २६ मंसिर । पाल्पाको निस्दी गाउँपालिकामा जिप दुर्घटना भएको छ। आज बिहान मित्याल–अरुणखोला सडकखण्ड अन्तर्गत निस्दी गाउँपालिका–४ मित्याल चिउरेबास भन्ने स्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ,भने ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार मृतक र घाइतेहरूको पहिचान खुल्न सकेको छैन । जिप सडकदेखि एक सय मिटर तल खोल्सोमा खसेको छ । अरूणखोलाबाट निस्दी हुँदै रामपुर आउँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो । घाइतेहरूलाई उपचारका लागि रामपुर अस्पताल पठाइएको छ ।

Read More

काठमाडौँ, २५ मंसिर । विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनी ल्याउने उद्देश्यकासाथ ‘१३औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ आजदेखि काठमाडौँमा सुरू हुँदैछ । ‘बाल अधिकार’ भन्ने नाराका साथ यही मङ्सिर २९ गतेसम्म पाँच दिन चलचित्र विकास बोर्डको सभाहल र पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए । “हामीले २६ देशका ५० चलचित्रहरू प्रदर्शन गर्दैछौँ, महोत्सवमा छानिएका धेरैजसो चलचित्रले कान्स, बर्लिनाले, भेनिस र बुसानजस्ता प्रतिष्ठित अन्तरराष्ट्रिय महोत्सव सहभागिता जनाइसकेका छन्”, उनले भने । उनले महोत्सवमा देखाइने चलचित्रले मानवअधिकारका विषयलाई सहज र सरल रूपमा दर्शकसम्म पुर्याउने बताए । ‘कान्स फिल्म फेस्टिभल २०२५’ अन्तर्गत ‘पाल्मे डी ओर’ (लघु…

Read More

१. चानामा प्रशस्त मात्रामा पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आइरन, सोडियम तथा सेलेनियम पाउन सकिन्छ । २. चानालाई तरकारीको रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ । ३. चनामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुनाले यसको नियमित सेवनले शररिमा शक्ति प्रदान गर्छ । ४. चनाको नियमित सेवन गर्नाले शरीरमा पाचन शक्तिलाई क्रियाशील बनाउन मद्दत गर्छ । ५. चनामा भरपुर मात्रामा आइरन हुन्छ जसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढउनमा मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ ।एजेन्सी

Read More

चितवन, २५ मंसिर। अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पुस १ र २ गते गणनामा सहभागीलाई तालिम दिइदै छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंम सेवी, विद्यार्थी र संरक्षणका साझेदार तालिममा सहभागी हुँदैछन् । करिब एक…

Read More

झापा, २५ मंसिर ।सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुन एक हजार रुपैयाँले बढेर तोलाको २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार एक सय रुपैयाँ थियो । यस्तै आज चाँदी ५५ रुपैयाँले बढेर तोलाको तीन हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार सात सय ५० रुपैयाँ थियो ।

Read More

मोरङ, २५ मंसिर । मोरङको रंगेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थामा ९ सय २१ किलो ६६ ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । मंसिर २४ गते राती बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका–८ स्थित खेतमा रहेको रुख मुनी परालले छोपी लुकाई छिपाई राखेको अवस्थामा (२९ बोरा) ९ सय २१ किलो ६६ ग्राम गाँजा बरामद गरेको हो । वेवारिसे अवस्थामा गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको छ ।

Read More

झापा, २५ मंसिर । झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका–५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान–११ कि रोशनी राई र धरान–१५ की खुशी राईलाई लागू औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका–१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेटसहित पक्राउ गरेको…

Read More

झापा, २४ मंसिर । झापामा जन्तीसँग नाच्ने क्रममा विवादपछि कुटपिट, पाँच जना घाइतेझापाको कनकाईमा विहेघरमा नाच्ने विषयमा विवाद भई कुटपिट हुँदा पाँच जना घाइते भएका छन् । गएराति ११ बजे कनकाई नगरपालिका–२ सुकेडाँगी बस्ने धनबहादुर लिम्बूको घरमा वैवाहिक कार्यक्रममा जन्ती आएकोमा जन्तीसँग नाच्ने क्रममा एक आपसमा झैँ–झगडा तथा कुटपिट भएको हो । कुटपिटबाट कनकाई(३ बस्ने वर्ष १८ का युकेश न्यौपाने (चिउँडोमा चोट, अवस्था सामान्य), कनकाई–२ बस्ने वर्ष १८ का मनिष श्रेष्ठ (टाउको, चिउँडो, दाहिने हातमा चोट, अवस्था सामान्य– ,कनकाई–३ बस्ने वर्ष १८ का प्रिन्स ठकुरी ( भित्री चोट, अवस्था सामान्य), कनकाई –३ बस्ने वर्ष १८ का आदित्य चिमरिया (टाउकोमा चोट,…

Read More

काठमाण्डौ, २४ मंसिर । सरकारले आजदेखि तीन महिनासम्म ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्दैछ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार आजदेखि अभियान शुरू गरी आउँदो फागुन ३० गतेसम्म सञ्चालन गर्ने तयारी छ । केन्द्रकी निर्देशक डा. राधिका थपलियाले मानसिक स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले पछिल्लो प्रदर्शनपछि सबै वर्गमा तनाव थपिएको भन्दै अभियानले थोरै भएपनि त्यसमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको बताउनुभयो । केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न हिस्साको रूपमा जनचेतना बढाउने उद्देश्यले अभियान थालिएको बताउँदै हरेक महिना फरक खालका विषयमा सचेतनाका कार्यक्रम गरिने जानकारी गराउनुभयो…

Read More

एजेन्सी, २४ मंसिर । इन्डोनेसियाको राजधानी जाकार्तामा एउटा कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सात पुरुष र १५ जना महिला रहेका छन् । मध्य जकार्तामा रहेको सात तले भवनमा हिजो आगलागी भएको हो । स्थानीय प्रहरीका अनुसार पहिलो तलामा ब्याट्री विष्फोट भएको र भवनमा आगो सल्किएको अनुमान गरिएको छ । धेरैजसोको धुँवामा निसास्सिएर ज्यान गएको पाइएको उद्दार कार्यमा संलग्नलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आगलागी भएको भवनमा ड्रोन निर्माण गर्ने कम्पनी छ । जसले ड्रोनका लागि लिथियम ब्याट्रीहरू उत्पादन गर्दै आएको थियो । आगो निभाउन २९ वटा दमकलसहित एक…

Read More