झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ मंसीर । अमेरिकाले निष्कासन (डिपोर्ट) गरेका ३५ जना नेपाली काठमाडौँ आइपुगेका छन् । अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार ३५ नेपाली काठमाडौँ आइपुगेका हुन् । अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार अमेरिकाले देश निकाला गर्दै आएको छ। यसअघि पनि धेरै नेपाली निष्कासन भइसकेका छन् । हिजो काठमाडौँ आइपुगेका ३५ नेपालीलाई अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको थियो । ब्युरोले सामान्य सोधपुछ गरी उनीहरूलाई छाडिसकेको एसएसपी कृष्ण पंगेनीले बताए । अवैध रुपमा अमेरिका पुगेर निष्कासनमा परेका नेपालीले आफू अन्यायमा परेको भनेर उजुरी गरेमात्रै प्रहरीले थप अनुसन्धान गर्ने गरेको छ ।

Read More

झापा, ४ मंसीर । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन…

Read More

झापा, ४ मंसीर । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि ३ लाख २८ हजार ५३१ नयाँ मतदाता थपिएका छन् । बुधबार निर्वाचन आयोगले दिएको जानकारी अनुसार १ लाख ८४ हजार ६१२ पुरुष, १ लाख ४३ हजार ८७८ महिला र ४१ जना अन्य गरी ३ लाख २८ हजार ५३१ नयाँ मतदाता थपिएका हुन् । बुधबार मात्रै ८ हजार १७३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको आयोगले जनाएको छ । गत असोज ९ गते आयोगको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरु गरिएको थियो ।

Read More

झापा, ४ मंसीर । झापामा ठूलो परिमाणमा लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले झापा गाउँपालिका–५ पन्थापडाका अन्दाजी २० वर्षीय अडसाद अलीलाई ६३ ग्राम २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लिसाइला पदार्थसहित नियन्त्रणमा लिएको हो । बिहीबार साँझ ७ः२८ बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले राजगढ–चारपानेतर्फ जाँदै गरेको मे ८ प ८१४० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा अलीको साथबाट लागुऔषध फेला परेको थियो । प्रहरीका अनुसार पाँच वटा प्लास्टिक पोकामा राखिएको उक्त पदार्थको तौल ६३ ग्राम २० मिलिग्राम रहेको छ। पक्राउ परेका अलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…

Read More

झापा, ४ मंसीर । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ आह्वानमासन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ । यस अवसरमा युनिसेफले विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवद्र्धन गर्न सबैलाई आह्वान गरेको छ । युनिसेफले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानतालगायत हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको ध्यानाकर्षण गराएको…

Read More

झापा, ४ मंसीर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोज खेल्दै छन् । लुम्बिनी मैदानमा रोहित पौडेलको कप्तानीमा र चितवन कुशल मल्लको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछन् । पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ । गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो । गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो । आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्को जित हात पार्ने लक्ष्यमा छ ।

Read More

झापा, ४ मंसीर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने छ । आज बिहान ५ः४५ बजे यहाँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन…

Read More

झापा, ३ मंसीर । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको दुई थान हतियार प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय दमक झापा तोडफोड आगजानी तथा प्रहरीको हातहतियार लुटपाट गरी फरार रहेका व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा विषेश सूचनाको आधारमा मंगलबार झापाको दमक नगरपालिका–६ बाट पाँचथर मिक्लाजुङ गाउँपालिका–३ का २२ वर्षीय सुशील फियाक लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो । सोधपुछ गर्दा उनले हतियारहरु पाँचथर मिक्लाजुङ–३ आरुबोटे लामागाउँस्थित ओडारमा लुकाई छिपाई राखेको बताएका थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्रहरी टोली त्यसतर्फ खटिएको थियो । सुशीलले दिएको बयानका आधारमा खोज तलास गर्दा सिरियल नम्बर…

Read More

झापा, ३ मंसीर । आज मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी झापाको अर्जुृनधारा जलेश्वरधामसहित देशभरका शिवालयहरुमा दिवंगत पितृको सद्गतिको कामना गरी शतबीज छरेर मनाइँदैछ । मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले आज ९बुधबार० बिहानै दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरेर बालाचतुर्दशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन भक्तजन जलेश्वर मन्दिरमा आउने गरेका छन् । बिभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको बुधबार बिहानैदेखि जलेश्वर मन्दिरमा भीड लागेको छ । उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो…

Read More

बिर्तामोड, ३ मंसीर । झापाको मेचीनगर नगरपालिका–७ स्थित इटाभट्टाकी एक महिला करिब १० दिन अघिदेखि बेपत्ता भएकी छिन् । बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित डोमालाल रंगाशाला छेउ माइती घर भएकी ३२ वर्षीया बिमला राजवंशी इटाभट्टास्थित घरबाट गत कार्तिक २२ गते शनिवारदेखि वेपत्ता भएकी हुन् । बिमलाका श्रीमान ३३ बर्षीय सुवोध राजवंशी हाल वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका बिमलाका बुबा भीमबहादुर राजवंशीले जानकारी दिए । उनका अनुसार ज्वाई करिव २ बर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका हुन् । बिमला र सुवोधका १५ बर्षीया छोरी हर्षिका र १० बर्षीय छोरा मनिष छन् । गत कार्तिक २२ गते शनिवारका दिन बिहान ८ बजे ब्यूटीपार्लर जान्छु…

Read More