
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुनसरी, २५ असोज । सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्क चौकबाट १ सय ९७ ग्राम ६ मिलिग्राम लागू औषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २४ गते साँझ ७ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा इनरुवा नगरपालिका–४ का ३३ वर्षीय कृष्णकुमार मेहताको साथबाट १ सय ९७ ग्राम ६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउनसुगरसहित पक्राउ परेका मेहताको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।
शिवसताक्षी, २५ असोज । नेपाल शिक्षक महासंघ शिवसताक्षीले बाढी पीडितका लागि संकलित सहयोग रकम शिवसताक्षी नगरपालिकालाई हस्तान्तरण गरेको छ। शुक्रबार दुधेमा नेपाल शिक्षक महासंघ शिवसताक्षीको बैठकको क्रममा नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्कीले १ लाख २५ हजार रुपैयाँको चेक नगरप्रमुख मेगाहाङ थोप्रालाई हस्तान्तरण गरेका हुन्। गएको असोज १८ गते आएको अविरल वर्षाका कारण कनकाई माइको बाढीले नगरका विभिन्न क्षेत्रहरू डुबानमा परेपछि शिक्षक महासंघले सहयोग रकम संकलन गरेको थियो। महासंघका अध्यक्ष बेनुप्रसाद कार्कीका अनुसार बाढीले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका पाठ्यपुस्तक, शैक्षिक सामग्री र विद्यालय पोशाकसमेत क्षति पुगेकाले शिक्षकहरूले राहतका लागि सहयोग जुटाएका हुन्। रकम ग्रहण गर्दै नगरप्रमुख थोप्राले विशेष गरी…
झापा, २४ साउन । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारदेखि नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । मनसुनको अन्त्यसँगै नदीनालाहरूमा उल्लेख्य वृद्धि हुने सम्भावना नरहेकाले नियमित २४ घण्टे बाढी पूर्वसूचना सेवा स्थगित गरिएको विभागले जनाएको छ। यद्यपि, मनसुन बाहेकको अवधिमा कुनै बाढीजन्य घटना देखिएमा तत्काल २४ घण्टे पूर्वसूचना सेवा पुनः सञ्चालन गरिनेछ । मनसुनको बहिर्गमन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग तथा गण्डकी प्रदेशको केही स्थानबाट सुरु भएको विभागले जनाएको छ।
झापा, २४ असोज । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबारको अधिकतम सीमा घटाएको छ। शुक्रबार जारी परिपत्रअनुसार अब एटीएमबाट प्रति कारोबार २० हजार रुपैयाँ, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँसम्म मात्रै झिक्न सकिनेछ । यसअघि प्रति कारोबार २५ हजार, दैनिक एक लाख र मासिक ४ लाखको सीमा तोकिएको थियो । अन्य कार्डहरूमा भने सीमा यथावत राखिएको छ । प्रिपेड कार्डमा प्रति कारोबार १० हजार, दैनिक २० हजार र मासिक २ लाखको सीमा कायम छ। सेवा प्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डमा दैनिक ५ हजार र मासिक २५ हजारको सीमा यथावत छ । क्रेडिट कार्डको सीमा परिवर्तन गरिएको…
बिर्तामोड, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका पक्षमा पार्टी अडिग रहेको बताएका छन्। प्रेस सन्टर नेपालद्वारा ललितपुरमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै दाहालले आगामी फागुन २१ गतेको निर्वाचनलाई सफल बनाई मुलुकलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिए। अध्यक्ष दाहालले जेनजी पुस्ताको भावना समेटेर संविधान संशोधन गरी समाजमा देखिएको निराशा र असन्तुष्टि सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे। विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यसहित सुशासन र आर्थिक समृद्धिको बाटोमा राष्ट्र अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए। राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै दाहालले आवश्यक परे संयोजक पदबाट पनि पछि हट्न…
कनकाई, २४ साउन । झापाको कनकाईमा ‘लियो दुर्गापुर प्रथम कनकाई नगर वडास्तरीय नक आउट फुटबल प्रतियोगिता-२०८२’ हुने भएको छ । लियो क्लब अफ कनकाई दुर्गापुरको आयोजनामा यही असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको हो । कनकाई-१ स्थित प्रजापति सामुदायिक वन उपभोक्ता समितिको खेल मैदानमा प्रतियोगिता हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । युवाहरूमा खेलप्रतिको रुची जगाउन, शारीरिक स्वास्थ्य सुधार गर्नु र सहकार्य, अनुशासन तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक रिजन तिम्सिनाले जानकारी दिनुभयो । प्रतियोगितामा विजेताले नगद रु २५ हजार ११५ र उपविजताले रू १५…
बिर्तामोड, २४ असोज । विश्वभर छरिएर रहेका झापालीहरूको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन्। पाँचौँ अधिवेशनले उनलाई सन् २०२५–२०२७ कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। झापा बाह्रदशी गाउँपालिका–५ डाँगीबारीका चम्लागाईं विगत तीन दशकदेखि कतारमा व्यवसायमा सक्रिय छन्। चम्लागाईं यसअघि अन्तर्राष्ट्रिय झापाली समाजको वरिष्ठ उपाध्यक्ष थिए। अधिवेशनको अवसरमा ‘स्मारिका २०८२’ सार्वजनिक गरिएको थियो। समाजअन्तर्गत हाल ४० राष्ट्रिय समिति क्रियाशील छन्। सन् २०१७ मा स्थापना भएको अन्तर्राष्ट्रिय झापाली समाजले विश्वभरका झापालीहरूलाई एकजुट गर्दै सामाजिक, सांस्कृतिक र व्यावसायिक गतिविधिमा योगदान पुर्याउँदै आएको छ। निर्वाचित कार्यसमितिको नामावली अधिवेशनपछि सार्वजनिक गरिने जनाइएको छ।
एजेन्सी, २४ असोज । आज बिहान फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि फिलिपिन्सका अधिकारीहरूले ‘विनाशकारी’ सुनामीको चेतावनी दिएका छन् । फिलिपिन्सका तटीय क्षेत्रहरूमा तीन मिटर उचाइसम्मका सुनामीका लहर आउन सक्ने आशंका गरिएको बीबीसीले जनाएको छ । भूकम्पको केन्द्र रहेको मिन्डानाओ क्षेत्रदेखि करिब ३०० किलोमिटर टाढा इन्डोनेसियामा पनि सुनामीको चेतावनी जारी गरिएको छ । यो चेतावनी इन्डोनेसियाको उत्तरी सुलावेसी र पापुआ क्षेत्रका लागि दिइएको हो । ज्वालामुखी तथा भूकम्प सम्बन्धी संस्थाले तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै उच्च क्षेत्र तरी जान आग्रह गरेको छ ।
झापा, २४ असोज । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले आज जापानसँग खेल्दैछ । खेल नेपाली समयानुसार ओमानमा दिउँसो सवा चार बजे शुरू हुनेछ । नेपाल एक खेल अगाडी नै आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको सुपर ६ मा प्रवेश गरिसकेको छ । हिजो जापानले कुवेतलाई ५ विकेटले हराएसँगै नेपालले एक स्थान पार गरेको हो । समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । जापान भने दोस्रो स्थानमा छ । जापान पनि सुपर ६ प्रवेश गरिसकेको छ । लगातार दुई हार बेहोरेको कुवेत भने समूह चरणबाट बाहिरिएको…
काठमाडौं, २४ असोज । त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा केन्द्रमा पुनः परीक्षा गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार तीनवटा परीक्षा केन्द्रमा ६५२ जना विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएको छ । वार्षिक परीक्षा प्रणालीअन्तर्गत व्यवस्थापन संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकायको गत भदौ २२ गते देखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो । २२ गते र २३ गतेका परीक्षाहरुको उत्तरपुस्तिकाहरु सुरक्षाका दृष्टिले नजिकको प्रहरी चौकीमा राखिएको थियो । आन्दोलनमा चौकी जलाएपछि उत्तरपुस्तिका जलेका हुन् । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको असोज २२…