
झापा, २४ असोज । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबारको अधिकतम सीमा घटाएको छ। शुक्रबार जारी परिपत्रअनुसार अब एटीएमबाट प्रति कारोबार २० हजार रुपैयाँ, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँसम्म मात्रै झिक्न सकिनेछ ।
यसअघि प्रति कारोबार २५ हजार, दैनिक एक लाख र मासिक ४ लाखको सीमा तोकिएको थियो । अन्य कार्डहरूमा भने सीमा यथावत राखिएको छ । प्रिपेड कार्डमा प्रति कारोबार १० हजार, दैनिक २० हजार र मासिक २ लाखको सीमा कायम छ। सेवा प्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डमा दैनिक ५ हजार र मासिक २५ हजारको सीमा यथावत छ ।
क्रेडिट कार्डको सीमा परिवर्तन गरिएको छैन। नयाँ सीमा एटीएम, एमपोस मेसिन तथा अन्य कार्ड भुक्तानी माध्यममा लागू हुनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



