
झापा, १९ बैशाख । झापामा चैत महिनामा मात्र १६२ वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी २५३ जना सामान्य घाइते भएका छन् ।
चालू आर्थिक वर्ष २०८२÷०८३ को नौ महिनाको तथ्यांक हेनेर् हो भने चैत महिनामा सबैभन्दा बढी १६२ वटा सावरी दुर्घटना भएको देखिन्छ । ती दुर्घटनामा २४२ वटा सवारी साधान संलग्न छन् । जसमध्ये सबैभन्दा धेरै मोटरसाइलक १५० वटा रहेका छन् ।
जिल्लामा चालू आवको चैत मसान्तसम्म १ बालक, १० महिला र ४३ पुरुष गरी ५४ जनाको मृत्यु भएको झापा ट्राफिक प्रहरी प्रमुख सन्तोष राईले जानकारी दिनुभयो । जिल्लामा सवारी दुर्घटनामा परी साउनमा ३, भदौमा ४, असोजमा ६, कात्तिकमा ५, मंसिरमा २, पुषमा ९, माघमा १८ र फागुनमा ३ जनाको मृत्यु भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



