
झापा, १३ बैशाख । झापाको गौरीगञ्ज गाउँपालिका–२ आपगाछीमा आज बिहान ८ बजे चट्याङ लागेर एक चौपायाको मृत्यु भएको छ।
स्थानीय ५२ वर्षीय पलानु राजवंशीको गाई, घरदेखि करिब ५० मिटर पश्चिम–उत्तरतर्फ बिरीलाल राजवंशीको खेतबारीमा बाधिएको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत गाईको अनुमानित मूल्य रु.४०,००० बराबर रहेको छ। यस घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



