
उर्लाबारी ,१३ बैशाख ।मोरङको पथरी र धनपालथानमा आइतबार बिहान चट्याङ लागेर दुई जना महिला घाइते भएका छन् ।
तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका अनुसार आइतबार बिहान करिब पौने ८ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका–२ कालापानी बस्ने ४६ वर्षीया जानुका रेग्मी घाइते भएकी हुन् ।
आफ्नै भान्सा घर अगाडि उभिएको बेला उनलाई चट्याङ लागेको थियो । उनको दाहिने खुट्टामा चोट लागेको छ । उनलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा उपचारका लागि पुर्याइएको छ ।अस्पतालका अनुसार उनको अवस्था सामान्य रहेको छ ।
त्यस्तै, बिहान करिब ८ बजे धनपालथान गाउँपालिका–२ पैटा बस्ने ३० वर्षीया भाल्सादेवी ऋषिदेव आफ्नै घरमा बसिरएको बेला चट्याङ लाग्दा गम्भीर घाइते भएकी हुन् ।
उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगरमा लगिएको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



