
झापा, १३ वैशाख । झापाको भद्रपुर नगरपालिका–५ गौशाला स्थितबाट आज बिहान १०ः ३० बजे २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा वप्रका भद्रपुरबाट खटिएको प्रहरी टोलीले दुई जना पैदल यात्रीलाई शंका लागि चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका–१ आमभोटे बस्ने २२ वर्षीय प्रताप मादेन र ऐ.ऐ.५ ताप्लेजुङ बजार बस्ने २४ वर्षीय अनुप लामगदेको साथबाट लागुऔषध (ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ) करिब ५ ग्राम ०६० मिलिग्राम तथा ६ वटा निट्राजेपम ट्याबलेट फेला परेको प्रहरीले जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



