
झापा, १३ वैशाख । झापाको झापा गाउँपालिका–१, लसुना स्थित इप्रका कुमारखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याउँदै गरिएको डिजेल तेल नियन्त्रणमा लिएको छ।
प्रहरी देख्नेबित्तिकै संलग्न व्यक्ति तेल छोडी फरार भएको जनाइएको छ। नियन्त्रणमा लिइएको डिजेल तेलको परिमाण करिब १०० लिटर रहेको छ, जसको अनुमानित मूल्य रु.२०,००० बराबर हुन्छ।
प्रहरीले उक्त तेल इप्रका कुमारखोदमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



