झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २६ असोज । भारतबाट अवैध सामान ओसारिरहेका तस्करको समूह प्रहरीलाई देखेर भागेको छ । सामान तस्करी भइरहेको सूचना पाएपछि शनिबार राति झापाको भद्रपुर नगरपालिका–५ स्थित राई बस्तिमा वडा प्रहरी कार्यालयको टोली पुगेको थियो । प्रहरीलाई देख्ने बित्तिकै तस्करहरुले सामान छोडेर भागेको प्रहरीले जनाएको छ । भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको करिब चार लाख रुपैयाँको विभिन्न किसिमका पटका र झिलिमिली बत्ति बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाका सीमा क्षेत्रबाट तस्करी हुने गरेको छ । प्रहरीले सामान बरामद गरे पनि तस्करीमा संलग्नलाई समात्न प्रायजसो असफल हुने गरेको छ ।

Read More

झापा, २६ असोज । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका झापाका प्रहरी कार्यालयहरूको अवलोकन गर्नुभएको छ । पहिरो प्रभावित इलामबाट फर्किने क्रममा उहाँले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट पूर्ण क्षतिग्रस्त बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र दमकको इलाका प्रहरी कार्यालयको अवलोकन गर्नुभएको हो । जेनजी आन्दोलनका क्रममा घुसपैठ गरेको अराजक समूहले प्रहरी कार्यालयहरू आगजनी गरेको थियो । समुदाय स्तरबाट पुनर्निर्मित बिर्तामोडका कार्यालयहरूको अवलोकन गर्दै प्रहरी महानिरीक्षक खापुङले यहाँका सचेत नागरिकको योगदानको प्रशंसा गर्नुभयो । अवलोकनका क्रममा खापुङले मातहतका प्रहरीलाई उच्च मनोबल बनाएर काम गर्न निर्देशन दिनुभयो । सो क्रममा कार्यालय पुनर्निर्माणमा अगुवाइ गर्ने पदम…

Read More

शिवसताक्षी, २६ असोज । झापा शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले बाढी प्रभावित समुदायलाई राहत वितरण गरेका छन् । गएको १८ गते आएको वर्षाका कारण कनकाई माइको बाढी प्रभावित नगरपालिका वडा नं. ७ लालपानीका राजवंशी बस्तीका नागरिकलाई खाना पकाउने ग्यास सिलिण्डर, ग्यास चुलो वितरण गरेका हुन् । नगरपालिका र वडाका कर्मचारीहरुबाट संकलित ४५ घरपरिवारलाई वितरण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । लालपानीका १२ परिवारलाई नागरपालिकाले खाद्य सामाग्री वितरण गरेको छ । नगरले पहिले वितरण गरेको बाँकी परिवारलाई आज २५ केजी चामल, २ केजी दाल, ५ केजी आलु, १ लिटर खानेतल, २ केजी नुन र १ कार्टुन पानी वितरण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ…

Read More

सन्तोष शर्माझापा, २६ असोज । अविरल वर्षापछि आएको बाढीका कारण झापामा करिब दुई हजार पाँच सय बालबालिका प्रभावित भएका छन् । बाढीले जिल्लाका विभिन्न स्थानका दुई हजार पाँच सय बालबालिका प्रभावित भएको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिनुभयो । “प्रभावित बालबालिकालाई शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “सम्बन्धित पालिकालाई पुस्तकको व्यवस्थापन गर्न भनिसकिएको छ ।” अविरल वर्षापछिको बाढीले जिल्लामा करिब ४ हजार ५ सय घरधुरी प्रभावित भएकोमा झण्डै ३ हजार ४ सय घरधुरी झापा गाउँपालिकाको रहेको उहाँले बताउनुभयो । गत २३ गतेयता झापा गाउँपालिका वडा नं. १ र २…

Read More

झापा, २६ असोज । विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको ड्रिम टू प्ले प्रतियोगिता सुरु भएको छ । मेची बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न पहिलो दिनका खेलहरूमा सुनसरी र मोरङले विजयी सुरुवात गर्दै दुई–दुई अंक जोडेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा मोरङले उदयपुरलाई ५६ रनले पराजित गरेको थियो । पहिलो ब्याटिंग गर्न उत्रिएको मोरंगले ओपनर अनिश राजवंशीको ३२ रनको मद्दतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९२ रन बनायो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा उदयपुर केवल १४ ओभरमा ३६ रनको न्यून योगफलमा समेटियो। खेलमा पाँच विकेट प्राप्त गरेका उदयपुरका सुयोग कार्की प्लेयर अफ द म्याच चुनिएका…

Read More

इलाम, २६ असोज । लगातार वर्षाका कारण मेचि राजमार्गको राजदुवाली खण्ड अझै बन्द रहेको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा एक टोलीले सिमलगोलामा वैकल्पिक मार्गको सम्भावना अध्ययन गरेको छ, जसबाट यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। सडक डिभिजन प्रमुख पवन भट्टराईका अनुसार मर्मत कार्य तीव्र गतिमा अघि बढाइनेछ। तर, अविरल वर्षाका कारण तत्काल सडक सञ्चालन सम्भव नभएको प्रशासनले जनाएको छ। प्रशासनले यात्रुहरूलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सावधानी अपनाउन आग्रह गरेको छ। वैकल्पिक मार्गको तयारीसँगै स्थानीय प्रशासन र सडक विभागको समन्वयमा यातायात सहज बनाउने प्रयास जारी छ।

Read More

काठमाण्डौ, २६ असोज । घरेलु टोली भारतसँगको दोस्रो टेस्ट क्रिकेटमा वेस्ट इन्डिज फलोअनमा परेको छ । दिल्लीमा चलिरहेको टेस्टको पहिलो पारीमा वेस्ट इन्डिज २ सय ४८ रनमा अलआउट भएपछि फलोअनमा परेको हो । वेस्ट इन्डिज पहिलो पारीमा २ सय ७० रनले पछाडि परेको छ । अहिले वेस्ट इन्डिजले दोस्रो पारीको ब्याटिङ शुरू गरेको छ । पहिलो पारीमा वेस्ट इन्डिजका एलिक एथानाजेले सबैभन्दा धेरै ४१, शाई होपले ३६, टगेननारायण चन्द्रपाउलले ३४ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले ५, रविन्द्र जडेजाले ३ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा ५ विकेट गुमाएर ५ सय १८ रन बनाउँदा…

Read More

प्रेम अधिकारीपशुपतिनगर(इलाम), २६ असोज । इलामको सूर्योदय नगरपालिकाले यही असोज १८ गते आएको बाढीपहिरोपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा नमुना काम गर्दै आएको छ । १९ गते बिहानैदेखि मुख्य मेची राजमार्ग खुलाउन लागेको नगरले हालसम्ममा नगरका १४ वटै वडाको क्षतिगस्त सडक खुलाइसकेको छ । नगरले नगर क्षेत्रभित्र मृत्यु भएका परिवारका सदस्यलाई दुई लाखका दरले आर्थिक सहयोग गरिसकेको छ भने ४० बढी विस्थापितलाई प्रारम्भिक चरणको राहत वितरण गरिसकेको नगरका विपद् फोकल पर्सन सिर्जन गदालले जानकारी दिनुभयो । नगरले तत्कालै प्रकोप व्यवस्था कोष स्थापना गरेको छ । बाढीपहिरो प्रभावितलाई सहयोग गर्नका लागि सुरुमा नगरका कर्मचारी, वडा कर्मचारी र स्वास्थ्यकर्मीले एक दिनको…

Read More

झापा, २६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गर्नुभएको छ । उहाँले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको आज अवलोकन गर्नुभएको हो । बाढीपहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने क्रममा मन्त्री घिसिङले अर्जुनधारा नगरपालिकाको बुट्टाबारीबाट सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको स्थलगत अवलोकन गर्नुभएको छ । मन्त्री घिसिङले झापा गाउँपालिकास्थित हुलाकी सडकखण्डअन्तर्गतको कनकाईमाई खोलामा बन्दै गरेको पुल र वर्षाका कारण दबिएको सानोमाईको पुल र आसपासका क्षेत्रको अवलोकन गर्नुभएको झापाका सहायक…

Read More

सुनसरी, २६ असोज। सुनसरी जिल्लाको बिभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्रीहरु प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले चेकजाँको क्रममा असोज २५ गते सुनसरीको गढी गाउँपालिका–२ स्थितबाट को.१ ह ८१७० नम्वरको ओटो टेम्पोमा भन्सार छली गरी ल्याउदै गरेको करिव ५ लाख मुल्य बरावरको ५ सय पिस कुर्था सुरुवाल र देवानगंज गाउँपालिका.४ स्थिबाट करिव ४ लाख ५० हजार मुल्य बरावरको ९ सय पिस कुर्ता सुरुवाल बरामद गरेको छ । चेक जाँचकै क्रममा कोशी गाउँपालिका–७ स्थितबाट करिव ६३ हजार २ सय ८० रुपैया मुल्य बरावरको खाद्यान्नका सामग्री बरामद गरेको छ ।

Read More