
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३१ भदौ । झापासहित देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी छ। आज दिउँसो र राति पनि मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको प्रक्षेपणअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। त्यस्तै, आज राति देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड…
झापा, ३० भदौ । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकलाई भिजिट भिसा दिन अस्थायी रूपमा रोक लगाएको छ। सोमबारदेखि भिसा आवेदन अस्वीकृत हुन थालेको नेपाली ट्राभल एजेन्सीहरूले पुष्टि गरेका छन्। यद्यपि, यूएई सरकारले औपचारिक सूचना भने जारी गरेको छैन। दुबई इमिरेट्सले केही समयदेखि भिजिट भिसामा कडाइ गर्दै आएको थियो, जसपछि नेपालीहरू शारजाह इमिरेट्समार्फत भिसा आवेदन दिन थालेका थिए। तर, हाल शारजाहबाट पनि भिसा स्वीकृति रोकिएको छ। ट्राभल एजेन्सीका अनुसार शारजाहले डिपोजिटसहित एक वा दुई महिनाको भिसा बिक्री गर्दै आएको थियो। यूएईमा भिजिट भिसामार्फत प्रवेश गर्ने नेपालीहरूको संख्या उच्च छ। धेरै नेपालीले भिजिट भिसाबाट काम खोजी गरी वर्किङ भिसामा रूपान्तरण…
शिवसताक्षी, ३० भदौ । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्राले मुलुकमा उत्पन्न भएको विषम परिस्थितिमा कर्मचारीलाई जनमुखी र पारदर्शी सेवामा ध्यान दिन निर्देशन दिनु भएको छ । नयाँ सरकार गठनसँगै सोमबार नगरपालिकामा कार्यरत सबै तहका कर्मचारीलाई नागरिकको कामलाई प्राथमिकता दिन आह्वान गर्नु भएको हो । नगरप्रमुख थोप्राले नागरिकप्रतिको जवाफदेहिताको कमी, कामकाजमा ढिलासुस्ती र जनप्रतिनिधि तथा कर्मचारीबीचको असमर्थ जिम्मेवारीका कारण आजको परिस्थिति सिर्जना भएको उल्लेख गर्नुहुँदै भन्नुभयो, ‘मैले पटक–पटक भनिरहेँ, कर्मचारीले जहिले पनि पारदर्शी ढंगले काम गर्नुपर्छ ।’ गएको भदौ २४ गते जेनजी विद्यार्थीहरुको कतिपय मागहरु जायज छन् । सरकारका माथिल्लो तहदेखि तल्लो तहसम्मका सरकारका निकायहरुले गरेका कामकाज जनमुखी नभएका कारण…
झापा, ३० भदौ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउने व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, सहिद घोषणा गरिएको व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिनेछ भने असोज १ गते शोक दिवसका रूपमा मनाइनेछ। सरकारले पीडित परिवारलाई पूर्वघोषित १० लाखसहित थप ५ लाख गरी कुल १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। उक्त रकम अर्थमन्त्रालयमार्फत निकासा गरिनेछ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिनेछ। दुर्गम जिल्लाका मृतकका लागि यातायात तथा हवाई खर्च सरकारले बेहोर्नेछ। घाइतेहरूको निःशुल्क उपचार निरन्तर जारी राखिनेछ।
बिर्तामोड, ३० भदौ । बिर्तामोड नगरपालिकाले जेन जी आन्दोलनका क्रममा नगरपालिकाबाट लुटिएका फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटप लगायतका सामग्री तत्काल फिर्ता गर्न आग्रह गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गरी गत भदौ २३ र २४ गते जेनजी समूहले गरेको आन्दोलनका क्रममा अवाञ्छित तत्वहरुले नगरपालिका र वडा कार्यालयबाट विभिन्न प्रकारका सामान लुटेको भन्दै उक्त सामान इमान्दारीका साथ फिर्ता गर्न आग्रह गरेको हो । तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिलाई पहिचान गरी अनुसन्धान तथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ। नगरपालिकाले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरेको छ । नगर प्रमुख पवित्रा महतारा…
झापा, ३० भदौ । जेनजी पुस्ताको आन्दोलनसँगै ठप्प बनेको पूर्वी नेपालको काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ । भदौ २४ गतेदेखि पैदल आउजाउ समेत बन्द गरिएको नाका आज दिउँसोदेखि सञ्चालनमा आएको हो । ६ दिनसम्म नाका ठप्प हुँदा दुवै देशका नागरिकले सास्ती खेप्नुपरेको थियो । नेपालमा भएको हिंसात्मक प्रदर्शनको क्रममा भारतीय एसएसबीले सीमा नाका बन्द गरेको थियो । एसएसबीले नाका खुलाए पनि परिस्थित नेपालतर्फ परिस्थिति पूर्ण सामान्य बनेको छैन । भारतीय निजी गाडी नेपाल आउन पाएका छैनन् । भन्सारमा यात्रु शाखा जलेर ध्वस्त भएपछि गाडीको हकमा त्यो समस्या उत्पन्न भएको हो । झापाकै भद्रपुर नाका भने शुक्रवारबाटै सञ्चालनमा आए पनि…
कनकाई, ३० भदौ । झापाको कनकाई नगरपालिकाले जेन जी आन्दोलनका क्रममा नगरपालिका र मातहतका वडा कार्यालयबाट लगिएका सामग्रीहरू तत्काल फिर्ता गर्न अनुरोध गरेको छ। नगरपालिकाले आज एक सूचना जारी गरी त्यस्तो आग्रह गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले कोही कसैले नगरपालिकाको सामान लगेको भए तत्काल फिर्ता गरिदिन आग्रह गर्नुभयो । उहाँले सामान फिर्ता गर्नेहरूको नाम गोप्य राखिने बताउनुभयो । सामान फिर्ता नगरिए प्रत्यक्षदर्शीले खिचेको भिडियो फोटो र नगरवासीले दिएको सूचनाको आधारमा कानुनी कारबाही गरिने बताउनुभयो । नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ – यस नगरपालिका कार्यालय तथा मातहतका वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुमा मिति २०८२/०५/२४ गते भएको…
रोहित काफ्लेभद्रपुर, ३० भदौ । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका थप दुईजना कैदी झापामा पक्राउ परेका छन् । विभिन्न कारागारबाट भागेका कैदीहरू धमाधम पक्राउ पर्ने क्रममा झापामा थप दुईजना पक्राउ परेका हुन् । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट भागेका दिनेश सोरेनलाई आज दिउँसो कनकाई–६ मा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । कर्तव्य ज्यान मुद्दामा झापा गाउँपालिका निवासी सोरेन कास्की कारागारमा कैद भुक्तान गरिरहेका थिए । उनले आठ वर्ष कैद भुक्तान गरिसकेका छन् । त्यस्तै, नेपालको कारागारबाट भागेर भारत पुगेका एक भारतीय नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय केचनामा बुझाइएको छ ।…
धनकुटा, ३० भदौ ।धनकुटामा ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय किशोरको मृत्यु भएको छ। शहीदभूमि गाउँपालिकास्थित सेतीचोकमा को. २ त ८६९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा शहीद भूमि–२ का १८ वर्षीय खगेन्द्र परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका सोही ठाउँका २३ वर्षीय सचिन शिवाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ। दुर्घटनामा गम्भीर घाइते भएका परियारको उपचारको क्रममा मृत्यु भएको हो।
चितवन, ३० भदौ । जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरूको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो । कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन् । जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका थिए । उनीहरूको साउनयता मृत्यु भएको हो । गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना सङ्क्रमितमध्ये एक जनाको…