
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
धनकुटा, ५ भदौ । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटा पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला समन्वय समिति धनकुटाका उप(प्रमुख सावित्रा राई लगायत स्थानिय जनप्रतिनिधि, राजनैतिक दल, जिल्ला स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरु, नागरिक समाज, संचारकर्मी तथा विद्यार्थीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको छ । भदौ ५ गते जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय धनकुटाको सभाहलमा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख कार्कीले छलफल तथा अन्तरक्रियाको क्रममा समाजमा शान्ति सुरक्षा स्थापना गर्न प्रहरी सदैव तैनाथ रहने भएता पनि नागरिकको साथ र सहयोग अपरिहार्य रहेको बताउदै नागरिक र प्रहरी बिचको सम्वन्ध सुदृढ बनाई हातेमालो गर्दै…
इलाम, ५ भदौ । इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि प्रयोगविहीन बनेको छ । इलाम नगरपालिका–९ सेरामा करोडौँ खर्चेर निर्माण गरिएको सो शीत भण्डार प्रयोगविहीन बनेको हो । सन्दकपुर गाउँपालिका–३ का किबी किसान देउकुमार राईले सो शीत भण्डार सञ्चालन नभएकाले उत्पादित किबी भण्डारण गरेर राख्न नसकेको गुनासो गर्नुभयो । “सिजनमै बिक्री गरिसक्नुपर्छ, अफ सिजनमा बिक्री गर्न सके मूल्य बढी पाइने थियो,” उहाँले भन्नुभयो, “हामीले सिजनमा यताबाट सस्तोमा बेचेको किबी अफ सिजनमा भारतबाट महँगो भएर आउँछ ।” शीत भण्डार सञ्चालन गर्न सकिएमा यहाँ उत्पादित फलफूल र तरकारीले राम्रो मूल्य पाउने उहाँको भनाइ छ । शीत भण्डार सञ्चालन नहुँदा…
झापा, ५ भदौ । विश्वव्यापी आलोचनाका बाबजुद इजरायलले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत कारबाही सुरु गरेको छ । इजरायली सेनाले गाजा सहरको बाहिरी भाग नियन्त्रणमा लिइएको बताएको छ । सैन्य प्रवक्ताका अनुसार कब्जाको तयारीका लागि जैतुन र जबालिया क्षेत्रमा सेना पहिले नै तैनाथ छन् । यो सैन्य कारबाहीलाई इजरायलका रक्षामन्त्री इजरायल काट्जले मंगलबार अनुमोदन गरेका थिए र यस हप्ताको अन्त्यमा सुरक्षा मन्त्रिपरिषद्मा प्रस्तुत गरिनेछ । अन्तर्राष्ट्रिय समुदायले इजरायलको यो कदमको कडा विरोध गरिरहेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार, हमासले इजरायललाई युद्धविराम सम्झौतामा बाधा पुर्याएको र ‘निर्दोष नागरिकह विरुद्ध बर्बर युद्ध जारी राखेको’ आरोप लगाएको छ ।
झापा, ५ भदौ । पोर्चुगलमा कार्यरत एक नेपाली युवकको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका दोलखाको तामाकोशी गाउँपालिका– ६ निवासी ३२ वर्षीय अर्जुन आपागाईंको मृत्यु भएको हो । उनको १० अगस्टमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । आपागाईको शव हाल पोर्चुगलको बेजा अस्पतालमा राखिएको छ । उनको शव व्यवस्थापनका लागि ठूलो आर्थिक स्रोत आवश्यक परेको भन्दै भाइ शिवजी आपगाईले सहयोगका लागि समस्त पोर्चुगलवासी नेपालीमा अपिल गरेका छन् । पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघ–संस्थालाई पनि शव व्यवस्थापनमा सहयोग गरिदिन परिवारजनले आग्रह गरेका छन् ।
भद्रपुर, ५ भदौ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिनुभयो । “साउन महिनामा ३८ करोड तीन लाख ९१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८० दशमलव २३ प्रतिशत राजस्व सङ्कलन भयो”, उहाँले भन्नुभयो । यसमा आयकरबाट रु सात करोड ८३ लाख ६२ हजार, ब्याजबापत रु एक करोड ५१ लाख ६१ हजार, मूल्य अभिवृद्धि करबाफत रु १४ करोड ४५ हजार…
झापा, ५ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी…
कनकाई, ५ भदौ । यहाँस्थित बंगाली समाज सेवा समितिले कनकाईले कालिस्थानमा तीन दिनसम्म भव्यरुपमा माँ मनसादेवीको पूजा गर्ने भएको छ । समितिले आगामी भदौ ११ गतेदेखि १३ गतेसम्म भव्यताका साथ मनसादेवीको पूजा गर्ने भएको हो । विगत ५ वर्षदेखि यहाँको बंगाली समाजले कनकाई–३ सुरुङ्गाको कालिस्थानमा मनसादेवीको पूजा आरधना गर्दै आइरहेको छ । अघिल्ला वर्षको भन्दा यस वर्षको पूजालाई थप व्यवस्थित गरिएको बंगाली समाजले जानकारी गराएको छ । पूजाको तयारीको बारेमा जानकारी दिने उद्देश्यले आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा बंगाली समाज सेवा समिति कनकाईका अध्यक्ष पंकज मण्डलले सुरुङ्गा कालिस्थानमा हुने तीन दिने धार्मिक अनुष्ठान माँ मनसादेवी…
बिर्तामोड, ४ भदौ । झापाको बिर्तामोड नगरपालिका–५ स्थित सुगम पेट्रोल पम्प नजिकै पार्किङ गरिएको ट्रकमा आज दिउँसो आगलागी भएको छ । ना ४ ख ४१८१ नम्बरको ट्रकमा तार सर्ट भई आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इप्रका अनारमनीमा आगलागीबारे जानकारी दिइएपछि प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट ट्रकको क्याबिन (चालक र सहचालक बस्ने भाग), इन्जिन र कागजातहरू आंशिक रूपमा जलेको प्रहरीले जनाएको छ। प्रारम्भिक मूल्याङ्कनअनुसार करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ। ट्रक हाल घटनास्थलमै रहेको छ ।
झापा, ४ भदौ । झापाको कमल गाउँपालिका–३ स्थित ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृतक २१ वर्षीय उज्वल राई हुन्, जो सोही स्थानका रञ्जित राईका छोरा हुन् । आज दिउँसो २ बजे उज्वल राईले खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने प्रयास गर्दा करेन्ट लागी गम्भीर घाइते भएका थिए । स्थानीयले उनलाई लडिरहेको अवस्थामा फेला पारी तत्कालै प्रहरी चौकी केर्खामा जानकारी गराएका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर उज्वललाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्याएको थियो । तर अस्पतालमा पुर्याएलगत्तै दिउँसो ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको शव हाल लाइफलाइन…
झापा, ४ भदौ । नेपाल प्रज्ञा प्रतिष्ठान स्थापनाको ६८ वर्षमा पहिलोपटक प्रकाशन भएको गुरूङ भाषाको पत्रिका ‘तमू कए’ लोकार्पण गरिएको छ । प्रज्ञा प्रतिष्ठान र तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले काठमाडौंमा आयोजना गरेको एक समारोहका बीच सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिमोचन गरेका हुन् । मन्त्री गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएको भन्दै यसको संरक्षणको अभियान घरबाटै सुरु गर्नुपर्ने बताए । बसाइँसराइका कारण जनजाति समुदायमा पनि गुरुङ समुदायको भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको भन्दै गुरुङ समुदायको मातृभाषा नै लोप हुने खतरा बढेकाले यसको संरक्षणमा चनाखो हुनैपर्ने स्थिति आएको बताए । उनले भने, “गाउँगाउँबाट र घरघरबाट…