
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २९ साउन । अखिल नेपाल खेलकुद महासंघ झापाको अध्यक्षमा सुरेश आले चयन भएका छन् । महासंघ झापाको दोस्रो जिल्ला सम्मेलनबाट आलेको नेतृत्वमा समिति गठन भएको हो । बिहीबार बिर्तामोडमा सम्पन्न सम्मेलनबाट आलेको नेतृत्वमा ३१ सदस्यीय समिति चयन गरिएको हो । समितिको उपाध्यक्षत्रयमा हरि बस्नेत, प्रवेश कुमार श्रेष्ठ (राजु) र पंकज शेर्पा चयन भएका छन् । सचिवमा सुरेन्द्र गिरी, सहसचिवमा पुरन भण्डारी र कोषाध्यक्षमा गंगा तुम्बापो चयन भएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रञ्जित तामाङले युवाले खेलकुदमार्फत राजनीतिमा जोडिनुपर्ने बताए । नेपाललाई विश्वमा चिनाउने विभिन्न विधामध्ये खेलकुदपनि एक भएको बताउँदै यसको…
बनियानी, २९ साउन । झापाको कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ अन्तर्गत अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रममा ९१ प्रतिशत बजेट खर्च गरेको छ । बिर्तामोडमा सम्पन्न वार्षिक समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदन अनुसार स्वीकृत ८० लाख १० हजार रुपैयाँ बजेटमध्ये ७० लाख ३७ हजार ६५० रुपैयाँ खर्च गरी सहायक सामग्री वितरण, स्वास्थ्य बीमा, मानसिक स्वास्थ्य सेवा साथै गाउँपालिकाले अतिरिक्त क्रियाकलाप अन्तर्गत सुरक्षित आवास निर्माण लगायतका गतिविधिहरू सम्पन्न गरिएको छ । सुरक्षित आवास कार्यक्रम अन्तर्गत दुई जना अपाङ्गता भएका व्यक्तिका लागि घर निर्माण सम्पन्न गरिएको छ भने जन्मजात अपाङ्गता भएका तीन नवजात शिशुको उपचार गरिएको छ । यस्तै, १२ जना अपाङ्गता भएका व्यक्तिलाई…
सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन थालेको छ। पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खानाजस्ता कारणले मानिसहरूमा भिटामिन डीको कमी देखिनु मुख्य कारण भएको विज्ञहरू बताउँछन्। लक्षणहरू – भिटामिन डीको कमी भए थकान महसुस हुने बिस्तारै हड्डी कमजोर हुदै जाने मांसपेशी दुख्ने बाउडिने डिप्रेशन मधुमेह उच्च रक्तचाप र मुटुसम्बन्धी अन्य रोग हुन सक्ने विज्ञहरू बताउँछन्। कसरी जोगिने ? बिहान ८ बजे देखि १ बजे सम्मको घाममा बस्ने भिटमिन डी युक्त खाना जस्तै माछा, रातो मासु, अण्डाको पहेँलो भाग र दुग्धजन्य पदार्थहरु सेवन गर्ने दूध, भटमास, ओट, बदाम, फलफूलको जूस, दही, मार्जरीन,…
नयाँ दिल्ली, २९ साउन । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा फेरि एक पटक समस्यामा परेका छन् । शिल्पा र राज कुन्द्रामाथि ६० करोड रुपैयाँ ठगीको आरोप लागेको छ । यस सम्बन्धमा मुम्बईस्थित आर्थिक अपराध शाखाले शिल्पा र राजविरुद्ध ६० करोड ४० लाख भारु ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेका छन् । उनीहरूमाथि मुम्बईका एक व्यापारीलाई ठगी गरेको आरोप छ । अभिनेत्री र उनका पतिविरुद्ध जुहू प्रहरी स्टेसनमा ठगी र जालसाजीको धारा अन्तर्गत मुद्दा दर्ता गरिएको समाचारमा उल्लेख छ । यद्यपि, यसमा संलग्न रकम १० करोड रुपैयाँभन्दा बढी भएकोले मुद्दा आर्थिक अपराध विभागमा हस्तान्तरण गरिएको छ ।…
झापा, २९ साउन । श्रीकृष्ण जन्माष्टमीका अवसरमा श्री राधा माधव भजनस्थलीले आयोजना गर्न लागेको ‘श्रीकृष्ण जन्माष्टमी महाउत्सव’मा सु प्रशिद्ध भजन गायक राजु अधिकारी सहितको टिमले भजन प्रस्तुत गर्ने भएको छ । झापाको बिर्तामोड ५ स्थित अग्रसेन भवनमा आगामी साउन ३१ गते शनिवारका दिन भजनस्थलीले वृहत रुपमा श्रीकृष्ण जन्माष्टमी मनाउने तयारी तीब्र बनाएको छ । सोही अवसरमा भजन गायक राजु अधिकारी र रोशन अधिकारी सहितको टिमले आफ्नो प्रस्तुति दिने भएका हुन् । उनीहरुले भजन कीर्तन सहितको विशेष प्रस्तुति दिने कार्यक्रम रहेको छ । साउन ३१ गते साँझ ७ः३० बाट भजन गायक अधिकारीद्वयको टिमले भगवान श्रीकृष्णका भजन प्रस्तुत गर्ने छन् । उनीहरुले…
काठमाण्डौ, २९ साउन । सरकारले धानको न्यूनतम समर्थन मूल्य बढाएको छ । मन्त्रिपरिषद्ले चालू आर्थिक वर्षका लागि तोकेको बर्खे धानको न्यूनतम समर्थन मूल्य अनुसार धानको मूल्य बढेको हो । बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा तोकेको छ । गएको वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य ३ हजार ४ सय १० रुपैयाँ थियो । यस्तै मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा तोकेको छ । गएको वर्ष मध्यम धानको न्यूनतम मूल्य ३ हजार ५ सय ८० रुपैयाँ तोकेको थियो । केही वर्ष अघिसम्म किसानले धान भित्र्याउन शुरू…
झापा, २९ साउन । अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालले आगामी भदौ १० देखि १४ गतेसम्म पाँच अभ्यास शृङ्खला खेल्ने जनाएको हो । नेपालले आगामी भदौ १० गते एसिटी तथा भदौ १२ गते साउथ अस्ट्रेलियासँग समान दुई दुई ट्वान्टी–२० खेल्नेछ । पहिलो खेल बिहान ४ः४५ तथा दोस्रो खेल ९ः४५ मा सुरु हुनेछ । त्यसै गरी नेपालले भदौ १४ गते साउथ अस्ट्रेलियासँगै एक दिवसीय खेल खेल्ने तय छ । यो खेल बिहान ५ः४५ मा सुरु हुने छ । यो अभ्यास…
ब्युनस आयर्स, अर्जेन्टिना । अर्जेन्टिनाका विभिन्न अस्पतालमा ब्याक्टेरियाबाट सङ्क्रमित भएको फेन्टानिलको मात्रा बिरामीलाई दिँदा कम्तीमा ८७ जनाको मृत्यु भएको छ। गत मेदेखि एक अदालतले क्लेबसिएला निमोनिया र राल्स्टोनिया पिकेटी नामक ब्याक्टेरियाबाट सङ्क्रमित औषधिको प्रयोगका कारण कतिजनाको मृत्यु भएको हो भन्ने पत्ता लगाउने प्रयास गरिरहेको छ । त्यसयता मृतकका परिवारका सदस्यले न्यायको माग गर्दै अस्पताल बाहिर प्रदर्शन गरेका छन् । अर्जेन्टिनाको औषधि नियामक निकाय अनमतले दायर गरेको उजुरीका आधारमा अनुसन्धान सुरु भएको हो । उजुरीमा सङ्क्रमित औषधिका कारण अस्पतालमा उपचार गराइरहेका बिरामीको समस्या बढेको र केहीको मृत्युसमेत हुन पुगेको अनमतका एक कर्मचारीले नाम नबताउने शर्तमा एएफपीलाई बताए। अनुसन्धानको नेतृत्व गरिरहेका न्यायाधीश…
विराटनगर, २९ साउन । इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । साउन २८ गते साँझ विराटनगर–१३ स्थितमा शंकास्पद गतिविधि गरिरहेका भारत अररीया जोगबनीका ३९ अहमद अली, ५१ वर्षीय मो.सराजुल र ३५ वर्षीया रुबी खातुनलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट १ सय ८ ग्राम ब्राउन सुगर बरामद भए संगै तीनैजनालाई पक्राउ गरीएको हो । ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
झापा, २९ साउन । झापा र सुनसरीबाट साउन २८ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको प्रहरी चौकी खनारबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले इटहरी उप–महानगरपालिका–११ स्थितबाट सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी–११ का १८ बर्षीय करण राई, इटहरी–१४ का २२ वर्षिय कोरुजित सरदार, सिरहा का २४ वर्षीय होम मुखियालाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १ हजार २ सय ६० क्याप्सुल र डीकोलिक ५ सय १० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरी बिट मेचीपुल झापाको प्रहरी टोलीले भद्रपुर नगरपालिका–९ का २१ वर्षीय बिमल विश्वकर्मालाई २ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित र…