
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ साउन । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भू–भागका…
सिरहा, २३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुख रामपुकार साहविरुद्ध विशेष अदालत काठमाडौँमा आज भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । आयोगका अनुसार नगरप्रमुख साहले नगरपालिका–६ अन्तर्गत नाला निर्माण योजनाको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु एक लाख घुस लिएको पुष्टि भएको छ । अख्तियारको बर्दिबासबाट खटिएको टोलीले साहलाई गत असार ३२ गते घुस रकमसहित रङ्गेहात पक्राउ गरेको थियो । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा सेवाग्राहीबाट भुक्तानी प्रयोजनका लागि लिएको भनिएको रु एक लाख घुसबापतको रकम कार्यालय परिसरमै लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको उल्लेख छ । आयोगले साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप मुद्दा दायर गर्दै एक लाख…
झापा, २३ साउन । झापाको शिवसताक्षी नगरपालिकास्थित माई खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् । शिवसताक्षी नगरपालिका–१० र ७ को सिमाना टेक्रा क्षेत्रमा रहेको माई खोलाबाट दाउरा निकाल्ने क्रममा कनकाई नगरपालिका–५ का ६० वर्षीय चन्द्रबहादुर बिक खोलाले बगाउँदा बेपत्ता भएका हुन् । नेपाल प्रहरी तथा स्थानीयबासीको सहयोगमा बेपत्ता बिकको खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
काठमाडौँ, २३ साउन । दूरसञ्चार सेवा प्रदायक एनसेलले इन्टरप्राइज ग्राहकको सुरक्षालाई थप सुदृढ बनाउन साइबर सुरक्षासँग सम्बन्धित युरोपेली कम्पनी विथसेक्योरसँग साझेदारी गरेको छ । उक्त साझेदारीमार्फत एनसेल बिजनेसले नेपाली व्यवसायलाई साइबर जोखिमको खतराबाट जोगाउन भूमिका खेल्नेछ । एनसेलका अनुसार विथसेक्योरले इन्डप्वाइन्ट डिभाइस सुरक्षा, डिटेक्सन र रेस्पोन्स ९इडिआररएक्सडिआर०, क्लाउड सुरक्षा, असुरक्षित व्यवस्थापन, इमेल सुरक्षा र चुनौतीलगायतका समस्या समाधानमा सेवा प्रवाह गर्नेछ । यसले पछिल्लो समय बढ्दो डिजिटल सेवालाई थप सुरक्षित बनाउन सहयोग गर्नेछ । आज यहाँ आयोजित साइबर भिजन, २०२५ कार्यक्रममा एनसेलका प्रमुख इन्टरप्राइज बिजनेस अधिकृत डिओन एसेन्सियोले विथसेक्योरसँगको सहकार्यले व्यवसायलाई सुरक्षित बनाउन थप सहयोग पुगेको बताउनुभयो । “एनसेल बिजनेसले आफ्ना…
काठमाडौँ, २३ साउन । ‘मिसेस ग्लोबल नेपाल २०२५’ को ताज इन्दिरा घिमिरेले जितेकी छन् । बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न प्रतियोगितामा उनले निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै ताज पहिरिएकी हुन् । ताजसँगै उनले एन।एफ।इ।ए।लन्डन २०२६ मा सहभागी हुन इन्ट्री प्याकेजसमेत प्राप्त गरिन् । प्रतियोगितामा फर्स्ट रनर अप सन्ध्या नेपाल तथा सेकेन्ड रनर अप सृजना घिमिरे सिवाकोटी भए । करिब एक दर्जन बढी प्रतियोगीहरूले प्रस्तुति दिएको सो कार्यक्रममा सबै प्रतियोगीहरूले परिचय, वेस्ट ड्रेस, प्रश्नोत्तर, क्राउनिङ चरण पार गर्दै उपाधि नजिक पुगेका थिए । कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा तीन सातासम्म प्रतियोगीहरूले व्यक्तित्व विकास, बोलिचाली अभ्यास, स्टेज प्रस्तुति, फोटो सुट, क्याटवाक, बौद्धिकताको…
काठमाण्डौ, २३ साउन । नेपाल प्रहरीले लागूऔषध कोकिन लुकाएर ल्याउने एक जना विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आएर नेपालबाट भूटान जान लागेकी २१ वर्षीया एमिली मिकेल सन्तोष फरेरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्युरोका सह–प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जीवन निरौलाले कालो रङको भित्री वस्त्रभित्र लुकाएर ल्याएको एक किलोग्राम ९५० ग्राम कोकिनसहित उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकी फरेरालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाण्डौ जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।
झापा, २३ साउन । झापा र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २२ गते मोरङको बिराटनगर–१५ स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका भारत अररिया फारबिसगञ्जका ३५ बर्षीय सिकंदर बाखत र सरफराजलाई १ सय ४१ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय दमकले ३ ग्राम ३२० मिलिग्राम ब्राउनसुगरसहित दमक नगरपालिका–४ की २६ वर्षीया ज्योती राई तामाङ, कमल गाउँपालिका–५ का २७ वर्षीय सञ्जिब लिम्बू, वसन्त राई र कमल गाउँपालिका–४ का सन्दिप धिमाललाई पक्राउ गरेको छ । यसैगरी, विषेश…
झापा, २३ साउन । ललितपुरको इमाडोलमा प्रेमीको घरमा गएकी करिब १८ वर्षीया किशोरीको मृत्यु भएपछि उनका प्रेमी १८ वर्षीय आर्यन पाण्डे पक्राउ परेका छन्। उनीहरू सामाजिक सञ्जालमार्फत चिनजान भएका थिए र बुधबार पहिलोपटक भेट गरेका थिए । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, किशोरीको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमका लागि राखिएको छ। “प्रारम्भिक अनुसन्धानमा उनीहरू प्रेम सम्बन्धमा रहेको खुलेको छ,” जोशीले जानकारी दिए। बुधबार दिउँसो करिब १२ बजे किशोरी इमाडोलस्थित पाण्डेको घरमा पुगेकी थिइन्। कोठामा बसिरहँदा उनी एक्कासी बेहोस भएपछि पाण्डेले आफ्ना बुबालाई खबर गरेका थिए। तत्कालै ग्वार्कोस्थित किष्ट अस्पताल पुर्याइए पनि चिकित्सकले किशोरीको पहिल्यै मृत्यु भइसकेको…
धरान, २३ साउन । तीन दिनदेखि लगातार भइरहेको वर्षासँगै गएराति आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्याएको छ भने सो क्षेत्रका १२ भन्दा बढी घर उच्च जोखिममा परेका छन्। राति करिब १ः३० बजे खसेको पहिरोले स्थानीय छजुङ भोटेको घरको माथिल्लो भाग पुरिँदा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। “राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर डर लाग्यो,” भोटेले भने, “बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो। हेर्दाहेर्दै घर पुरियो।” स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए । घटनापछि तत्कालै घटनास्थल पुगेका वडा नं. ३ का सदस्य मिङ्मा भोटेले वडाको…
झापा, २३ साउन । आज श्रावण शुक्ल चतुर्दशीको अवसरमा पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ । आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीले पशुपतिनाथलाई नव यज्ञोपवीत धारण गराउने गर्छ । कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रारोहण पर्व मनाउने गरेको अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिनुभयो । पशुपति क्षेत्रमा सञ्चालन हुने सबै जात्रा, पर्वको सञ्चालन गर्ने काम पनि अमालकोट कचहरीले नै गर्ने गरेको छ । भगवान् पशुपतिनाथलाई आज नयाँ जनै फेरेपछि उहाँ गोसाइँकुण्डमा जानुहुने विश्वास पनि पशुपति क्षेत्रका ज्येष्ठ नागरिकले सुनाउने गरेका छन् । आम मानिसले श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै…